तस्बिरः गुगल ।

तीज सनातनहिन्दु परम्परा हो यसको पृष्ठभूमि केलाउदै जाने हो भने पौराणिक काल सम्मपुग्न सकिन्छ । देवीपार्वतीको इच्छा विपरित उनको विवाह भगवान विष्णुसँग गराइदिन खोजिएको हुनाले देवी पार्वतीभागेर जंगलमा गई शिवजीको पूजाआराधना र तपस्या गर्न थाल्नु भयो । शिवजी प्रकट भै पार्वतीले इच्छाए बमोजिम वरदानदिनु भएको र पार्वतीको तपस्या सफलभएको पौराणीक मान्यता अनुसार नै तीजको व्रत बस्ने चलनप्रचलनमा आएको हो भन्ने मान्यता रहिआएको छ । भाद्रशुक्ल तृतीयाको दिनव्रत बस्दा पार्वतीले महादेवलाई स्वामीका रुपमाप्राप्तगर्न सफल हुनुभएकाले सोहि समयदेखि नै सुरु भएको तीजको व्रत बस्ने परम्परा हालसम्म कायमै रहेको छ ।

रजनी पौैडेल

तीज तिन दिनसम्म मनाइने पर्व हो । तीजको पहिलो दिनलाई दर खाने भनिन्छ । विशेषतःविवाह गरी गएका छोरीचेलीहरु माइती पक्षबाट टाढा हुनपुगेका हुन्छन् ।श्रीमान्को घरमा रहेका दिदीबहिनी, चेली पक्षलाई लिन माइतीपक्ष लिन जाने गर्दछन् । लामो समयपछिको भेटघाट, बसेर भलाकुसारी गर्ने,सुखदुःख साटासाट गर्ने,सँगै बसेर जे भएको मीठोमसिनो खाने,नाचगान गरेर रमाइलो गर्ने लगायतका क्रियाकलापहरु ग्रिन्छन् ।विशेषतःखीर,सेलरोटी,ढकने,चाम्रे,मीठाई,फलफूललगायतका परिकारहरु खाने गरिन्छ । आजभोलिभने महिना दिनअघिदेखि नै अलिउत्ताउलो किसिमले पनि दर खाने नाममा सामूहिक खानपिनसहित तिज मनाउने गरिएको पाइन्छ । संगठित रुपमानारी स्वतन्त्रताको संदेशसहित तीज मनाउनु राम्रो भएपनि विशृंखल, फजुलखर्च र तडकभडकसहित गरिने क्रियाकलापभने संस्कृतिका नाममा भएका विकृति हुन् ।

अघिल्लो दिनको राती दर खाएपछि भोलिविहानदेखि व्रतालुहरु निराहार बस्ने गर्दछन् । कुमारी नारीले असल श्रीमान् पाऊँ भन्ने र विवाहिता नारीले श्रीमान्को दीर्घायूका कामना गरेर तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रतमा पानीसमेत पिउनु हुन्नभन्ने परम्परा रहेपनिअहिले आएर व्रतालुले आफ्नो स्वास्थ्यअनुसार व्यबहार गर्दछन् । तृतीयाको भोलिपल्ट चतुर्थी तिथी पर्छ जसलाई सामान्य बोलीचालीको भाषामा चौथी पनि भनिन्छ । चौथीको दिन रातीबोटमा फलेका फलफूलचोरी खाएमा बाधा लाग्दैन भन्ने भनाइपनि रहेको छ । त्यसैले गाउँ घरमाआजभोलि पनि भौथी खेल्ने परम्परा भेट्टाउन सकिन्छ । चौथी खेल्ने परम्परामा पनि विसँगति मिसिन थालेको छ । फलफूलचोर्ने निहुँमाबोट नै काटिदिने, उखेलेर फालिदिने ,पशु चौपाया फुकाएर छोडिदिने,घरका मालसामान चोरी गर्ने जस्ता छुल्याहा प्रवृतिहुने गर्दछ ।

तीजको अन्तिम दिन अर्थात तेस्रो दिनलाई ऋषिपञ्चमी भनिन्छ । धार्मिक शास्त्रअनुसार रजस्वला भएकी नारीले अन्जानवस १ वर्ष भरिमा रजस्वला हुँदा कति कुराहरु छोइएका हुन्छन् त्यसबाट नारीलाई पापलाग्ने हुदा उक्त पापमोचनका लागि भाद्र शुक्लपञ्चमीका दिन ३६५ दिनको गणना गरी ३६५ वटा दत्तिवनका डाँठ टोकी पानीमा चोबल्दै शिरमा लैजानाले पापबाट मुक्तभइने विश्वासको परम्परा कायमै छ । पवित्र स्थानको माटो र गाईको गोबरले नुहाएर शरीर शुद्ध बनाइन्छ । नुहाइसके पश्चात् रातो, पहेलो चोखो वस्त्र र श्रृङ्गारपटार गरी सप्तऋषिहरु (वशिष्ट,कश्यप,अत्रि,जमदग्नी,गौतम,विश्वामित्र र भारद्वाज)को पूजागरिन्छ । सूयर्, नदी र सप्तऋषिलाई दहि अर्घ चढाइन्छ । यसरी गरिएको पूजाविधिले रजस्वला हुदा छोइएको पापबाट मुक्तिपाउने विश्वास गरिन्छ ।

व्रत बस्नु वैज्ञानिक कारणले पनि लाभदायक नै मानिन्छ । फलफूल खाएर व्रत बस्दा शरीरमा उर्जा प्राप्त हुन्छ नै साथै तीजमा लगाइने विशेष रातापहेँला पहिरन र शृङ्गारले नारीलाई मानसिक रुपमा आत्मसन्तुष्टि प्रदान गर्दछ । श्रीमान् र परिवारको दीर्घायु र सुस्वास्थ्यको कामना गरी व्रत बस्दा पारिवारिक सम्बन्ध प्रगाढ हुने कुरा त छँदै छ । घर व्यवहारबाट केहि समय भएपनि टाढा रहेर स्वतन्त्र हुन पाउँदा नारीहरुको खुसीको सिमा अनन्त रहन्छ भने भेटघाट, जमघट भएर नाचगानगर्दा समेत उनीहरुका दुःख व्यथा त व्यक्त हु्न्छन् नै अधिकारका सवाल समेत उठ्ने हुँदानारीलाई अझमजबुत र सशक्त बनाउन तीज पर्वले विशेष भूमिका खेलेको हुन्छ । यी कुराहरु नै तीज पर्वको सकारात्मक पक्ष हुन् ।