Home मुख्य समाचार मकवानपुरको १० स्थानीय तहमध्ये थाहा नगर तेस्रो पटक पनि प्रथम

मकवानपुरको १० स्थानीय तहमध्ये थाहा नगर तेस्रो पटक पनि प्रथम


हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगर जिल्लाको १० स्थानीयतह मध्ये उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रथम भएको छ । जिल्ला समन्वय समितिले गरेको कार्य प्रगतिको मुल्यांकनको आधारमा मकवानपुरको थाहा नगर तेस्रो पटक प्रथम भएको हो । यस्तै जिल्लाको मनहरी गाउँपालिका दोस्रो भएको छ भने बकैयाँ गाउँपालिका तेस्रो भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले आफ्नो छैठौं जिल्ला सभामा प्रथम, द्धितिय र तृतीय हुने ३ स्थानीय तहका प्रमुख/उपप्रमुखलाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला सभाका प्रमुख अतिथि रहनुभएका बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरका प्रमुख लबशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । यसैगरी जिल्ला समन्वय समितिले आफ्नो छैठौं जिल्ला सभामा जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत सम्मान गरेको छ ।