हेटौंडा : बारा प्रहरीले लागूऔषध ट्रामाडोलसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ स्थित पावरहाउसतर्फ आउँदै गरेको बीआर ०५ बीके ७०३५ नम्बरको भारतीय मोटरसाइकललाई सुरक्षा जाँच गर्दा लागूऔषध ट्रामाडोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालक भारत बिहारको पूर्वी चम्पारणका ५० वर्षीय उपेन्द्र साहलाई पक्राउ गरेको छ । प्रहरीले साहको साथबाट १० हजार ३ सय ८० क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद गरेको थियो । साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।









