हेटौँडाः चितवन जिल्लाको खैरहनी नगरपालिका–१०, जिवनपुरमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीय सिमानस चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा बालक माछापोखरीमा बल्छि खेल्ने क्रममा डुबेका थिए । बालकलाई पोखरीबाट निकाली उपचारका लागि भरतपुर लगिएकोमा उपचारको क्रममा बेलुका ५ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।