हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा ११५ औँ लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा विशेष रचना वाचन तथा विमर्श कार्यक्रम भएको छ । बिहीबार साँझ विभिन्न विधाका स्रष्टाहरुको सहभागितामा भर्चुलल माध्यमबाट कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै घनश्याम घिमिरेले महाकवि देवकोटाले कथा, उपन्यास, अनुवाद, जीवनी, बालसाहित्य क्षेत्रमा दिएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा सञ्चार तातो छ विषयमा रियाज कार्की र प्रश्नउत्तर विषयमा साहित्य चौतारी नेपालका सदस्य प्रभाष घिमिरेले रचना वाचन गर्नुभयो । कोपिलाहरु विषयमा साहित्य चौतारी नेपालकी सदस्य निमिशा निरौला र विरुद्ध विषयमा स्वस्तिका बानियाँले रचना वाचन गर्नुभयो ।

यस्तै, अन्तिम रोदन विषयमा कृतिका लौँडारी र गौरवशाली पहिचान विषयमा साहित्य चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले रचना वाचन गर्नुभयो । उडान विषयमा साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपाने र साहित्य चौतारी नेपालका केन्द्रीय सदस्य आँचल कुसुमले रचना वाचन गर्नुभएको थियो ।

नवसर्जक साहित्य चौतारी नेपालका अध्यक्ष प्रशन्ना चौलागाईंको सभाध्यक्षता तथा घनश्याम घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालन भएको रचना वाचन तथा विमर्श कार्यक्रममा नवसर्जक साहित्य चौतारीका संरक्षक दीपक गौतम, साहिय संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला लगायतको उपस्थिति थियो ।