हेटौंडा : मकवानपुरमा बिहीबार ७ जनामा कोरोना संक्रमण देखिएको छ । २८ जना गरिएको पिसीआर परिक्षणमा ७ जनामा संक्रमण देखिएको र ६० जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना र थाहा नगरपालिकाका १ जना रहेका छन् । हाल होम आइसोलेसनमा ५ जना र संस्थागत आइसोलेसनमा ६३ जना कोरोनाका संक्रमित उपचाररत रहेका छन् । यस्तै , बिहीबार होम आइसोलेसनमा बस्ने १ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्लाभरी ६३ जना कोरोना का संक्रिय संक्रमित रहेका छन् ।