Sunday, May 22, 2022
Home Blog

एफसी बसामाडी फाइनलमा प्रवेश

हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा जारी एफसी कमलडाँडा प्रथम ८ "ए" साईड खुल्ला फूटबल प्रतियोगिताको फाइनलमा एफसी बसामाडी प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रगतिशील युवा क्लबलाई २–० गोलअन्तरले हराउँदै बसामाडी फाइनलमा प्रवेश गरेको हो । बसामाडीले बिहिबारको फाइनल खेलमा जनप्रवाह युवा क्लब र प्रगतिशील युवा क्लब बीचको विजेतासग खेल्नेछ । जनप्रवाह र...

अवैध लागुऔषधसहित ३ जना पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । फरक–फरक मितिमा हेटौंडाका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको हो । आइतबार दिउँसो २ बजेर १५ मिनेटको समयमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा –१० बसपार्कमा बसिरहेको अवस्थामा बकैया–४ छतिवन घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ...

सचेत मतदाता

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ । धेरै मतदाता रहेको महानगरपालिकाहरुबाहेक अन्यको परिणाम सार्वजनिक भइसकेको छ । यस पटकको मतपरिणाम दलहरुले सोचेभन्दा भिन्न देखिएको छ । दलहरुले यसलाई अन्तरपार्टी घातदेखि दलहरुबीचको अविश्वासका रुपमा लिएका छन् । तर मतदातालाई दलभित्रको घात प्रतिघात वा गठबन्धन वा दाउपेचसँग सरोकार हुँदैन । दल र नेताहरुले मतदातालाई...

कुलेखानी दुर्घटना अपडेटः थप २ जनाको मृत्यु

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । उपचारका लागि काठमाडौंतर्फ लगेको एकजनाको उपचारको क्रममा मृत्यु भएको हो भने अर्को एकजनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको...

कुलेखानीमा दुर्घटनाः २ जनाको मृत्यु

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोला जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको योद्धा जीप शनिबार साँझ ५ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । ८ जना सवार जीपमा घाइते भएकाहरुलाई उपचारका...

मुक्तक

–अजीता ओझा मुक्तक–१ बर्बराउँछु अरे सानू नानाभाती सपनीमाटुट्छन् सारा विश्वासहरु विश्वासघाती सपनीमाकेही पल होइन तिमी हरेक पल यादमा हुन्छौतिम्रै नाम पुकार्छु रे मध्यराती सपनीमा मुक्तक–२ छोरो नै हो सम्पत्तिको हकदार भनेरसाँवा–व्याज एकएक गरी हिसाब गनेरबा बितेकै दिनदेखि हो घरमा घुइँचो बढेकोआउने गर्थे आफन्तजन नि साहु...

डर भगाउने योगासनः भुजङ्गासन

परिचयः यस आसनको नामाकरण भुजङ्ग अर्थात सर्पबाट भएको छ । यसलाई सर्पासन पनि भनिन्छ । यसमा जङ्घा अर्थात् तिघ्राहरु भुइँमा टाँसेका हुन्छन् । सर्पको अनाहत चक्र वा छातीको भाग बढी विकसित भएर साहस वृद्धि हुन्छ । त्यसैले नाभिमुनिको भाग जमिनलाई स्पर्श गर्नुपर्छ । अनिमात्र आसनको पूर्ण लाभ प्राप्त हुन्छ । भुजङ्गासन गर्ने विधिः घोप्टो...

हेटौंडाको विकासमा प्रदेश सरकारले सहयोग गर्छः बानियाँ

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको हेटौंडा उपमहानगरको विकासमा गठबन्धनबाटै बनेको बागमती प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । गठबन्धनको विजय र्यालीमा सहभागीहरु । गठबन्धनका उम्मेदवार विजयी भएपछि शनिबार बिहान निकालिएको विजय र्यालीलाई सम्बोधन गर्नुहुँदै नेता बानियाँले भन्नुभयो, ‘गठबन्धनबाटै बनेको प्रदेश सरकारले बजेट निर्माणको काम...

विपक्षीलाई सम्मान एवम् सहकार्य गरेर काम गर्छुः मेयर लामा

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीना कुमारी लामाले विपक्षी दललाई सम्मान एवम् सहकार्य गरेर हेटौंडालाई सुन्दर र विकसित सहर बनाउने बताउनुभएको छ । शनिबार बिहान विजय र्‍यालीलाई सम्बोधन गर्नुहुँदै मेयर लामाले निर्वाचनमा गरिएका प्रतिवद्धताहरु ५ बर्षभित्र पूरा गर्ने बताउनुभयो । हेटौंडाको वनविज्ञान क्याम्पस अगाडिबाट सुरु भएको विजय र्याली हेटौंडाको सीमाचोकमा पुगेर सभामा परिणत भएको...

हेटौंडा ११ मा पहिलो महिला वडा अध्यक्ष

हेटौंडाः हेटौंडा वडा नम्बर ११ मा हेटौंडा उपमहानगरपालिका कै पहिलो महिला वडा अध्यक्ष निर्वाचित भएको छ । हेटौंडा ११ मा नेकपा एमालेको उम्मेदवार जुना दाहाल वडा अध्यक्षमा विजयी हुनु भएको हो । दाहाल १ हजार ५ सय १४ मतसहित वडा अध्यक्षमा विजयी हुनु भएको छ । अर्का अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका मधु...

ताजा अपडेट

ट्रेन्डिङ