बागमती–१ को अध्यक्षमा यहुन्ना राईको प्यानल विजयी

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका यहुन्ना राईको प्यानल नै विजयी भएको छ । आज बिहान सार्वजनिक मत परिमाण अनुसार राईको प्यानल नै विजयी भएको हो ।

राईले ७३६ मत प्राप्त गरि वडाध्यक्षमा विजय हुनुभएको हो । अध्यक्षको प्रत्यासीहरु नेपाली कांग्रेसका काजिमान भोलनले ६ सय ३७ मत र एमालेका यक्ष बहादुर श्रेष्ठले २ सय ९५ मत प्राप्त प्राप्त गर्नुभएको छ । राईले वडाध्यक्षमा जितेसँगै बागमतीमा माओवादी केन्द्रले पहिलो पटक खाता खोलेको छ । बागमती १ मा १७ सय ४३ मत खसेकोमा १३ मत बदर भएको छ ।