28 Feb 2020   |   
logo
खेलकुद / मनोरञ्जन

कराँतेका प्रशिक्षक र रेफ्रीको तालिम



खेलकुद / मनोरञ्जन   39 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः नेपाल कराँते संघको आयोजनामा करातेका प्रशिक्षक, सहप्रशिक्षक र रेफ्रीको तालिम हेटौंडामा भएको छ । सोमबारबाट सुरु भएको तालिमको औपचारिक उद्घाटन कार्यक्रम भने मंगलबार हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा सितेरियो करााते संघका प्रशिक्षक रामकृष्ण क्षेत्रीको सभाध्यक्षतामा भएको थियो ।

३ दिने तालिम अन्तर्गत वागमती प्रदेश र प्रदेश नम्बर ४ का प्रतिनिधि सहभागी छन् । दुबै प्रदेशको कराँतेका प्रशिक्षक, सहप्रशिक्षक र रेफ्रीहरू गरी ७२ जनाको उपस्थिति रहेको नेपाल कराते संघका समन्वयकर्ता निरजराज वैद्यले बताउनुभयो । पहिलो चरणमा प्रदेश नं। १ र २ मा तालिम भइसकेको र हेटौंडामा दोस्रो चरणमा तालिम भएको उहाँले जानकारी दिनुभयो । तालिम उद्घाटन कार्यक्रमको अवसर पारी प्रदेशस्तरीय प्रशिक्षक कमिटिको पनि गठन गरिएको छ । प्रदेशस्तरीय प्रशिक्षक कमिटीअन्र्तगत बागमती प्रदेशको अध्यक्षमा विष्णुभक्त लामा र प्रदेश नं। ४ को अध्यक्षमा बिष्णुलाल श्रेष्ठ चयन हुनुभएको छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28392198 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top