28 Feb 2020   |   
logo
अन्तर्वार्ता

लोछारको संस्कृतिको जगेर्ना गर्छ



अन्तर्वार्ता   9 पटक पढिएको   लिलाकुमार घलान, अध्यक्ष नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति     

भोलि शनिबार तामाङ समुदायले २८५६ औं सोनाम लोछार मनाउँदैछ । लोछारको अवसरमा विभिन्न स्थानमा आजैपनि विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । लोछारको अवसरमा बागमती प्रदेश सरकारले आज शुक्रबार सार्वजनिक विदा समेत दिएको छ । तामाङ समुदाय विशेषको सोनाम लोछारको अवसरमा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलानसँग समृद्ध समाज दैनिकका संवाददाता सुसन लामिछानेले गर्नुभएको कुराकानीः

समाजः तामाङ लोछार साँस्कृतिक पहिचानलाई जोगाई रहेको छ नै तर पछिल्लो समयमा तडकभडक राष्ट्रिय कलाकार ल्याउने, पैसा खर्च गरेर मनाउने प्रचलन बढ्दो छ नि ?

घलानः सुरुवातमा नेपाल तामाङ घेदुङले २०४७ सालदेखि जुन बहुदल पश्चात नेपालमा एउटा संविधान बन्यो । यसपछि नेपाल तामाङ घेदुङले ६५ ओटा जिल्लामा आफ्नो शाखा विस्तार ग¥यो । यसपछाडि सबै ठाउँमा सोनाम लोछार अनिवार्य मनाउने निर्णय गरियो । हामीलाई पहिला तिथि, मितिको वास्ता थिएन । माघको १ गते नयाँ वर्ष फेरिएको हो भन्ने तामाङ समुदायमा पाइन्छ । तामाङ घेतुङले त्यो मनाई राख्दाखेरि अलि चोक चौतारामा, चौरहरुमा राष्ट्रिय कलाकारहरु ल्याएर खर्चिलो गर्ने गरेको छ । तर अब बिस्तारै हामी त्यसलाई जसरी दशैं, तिहार घरघरमै मनाउने गरेका छौं त्यसरी नै मनाउने योजनामा छौं ।

समाजः प्रदेश सरकारले लोछार पर्वको लागि आज बिदा दिएको छ नी ?

घलानः सर्वप्रथम प्रदेश सरकारले बिदा दिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु । विगतमा १ दिन अगाडि राति मात्र बिदा दिने निर्णय भएको थियो तर यो पटक सरकारले नेवाः ताम्सालिङ प्रदेशको नाम नभएर पनि दिएको होला तर बिदा दिएर प्रदेश सरकारले राम्रो गर्यो । बागमती प्रदेशमा धेरै तामाङहरुको बाहुल्यता रहेको छ । नेपाल ३ चिजमा प्रसिद्ध छ । एक विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल र नेपालका भएका बहुल जातजाति । यसले नेपालमा धेरै बहुल जातजाती भाषा रहेको एक मात्र देश रहेका कारण पनि विश्वको ध्यान नेपालमा पर्दछ । प्रदेश सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएको पायौं ।

समाजः पश्चिमा शैली पनि प्रवेश गरेको पाइन्छ । हाम्रो संस्कृतिलाई यस्तो शैलीले कस्तो असर पार्छ ?

घलानः हो, पश्चिमा शैलीले नेपालको संस्कृतिलाई असर गर्छ । हामीले अरुले गरेको जस्तै नक्कल गरेर हैन हामीले परापूर्वकालदेखि चलिआएको चालचलन, रीतिरिवाज, संस्कृतिलाई मध्यनजर गर्दै आफ्नो मौलिकता पस्कनु सक्नुपर्छ । लोछारमा पश्चिमा शैली अपनाउँदा एकपटक भव्य कार्यक्रम गर्ने र अकौ पटक गर्ने नसक्ने हैन सकेसम्म कम खर्चमा सबैलाई समट्ने गरी कार्यक्रम गनुपर्छ जसमा हाम्रो मौलिकतालाई पहिलो प्राथमिकता दिनुपर्छ ।

समाजः तामाङ घेदुङले पछाडि परेका तामाङ युवा, महिलाहरुलाई कसरी व्यवस्थापन गर्छ ?

घलानः तामाङ घेदुङ एउटा संघ हो । यसभित्र पनि विभिन्न भातृ संगठनहरु युवा घेदुङ, महिला घेदुङ, विद्यार्थी घेदुङ लगायत विभिन्न संगठनहरु रहेका छन् । तामाङ घेदुङले चाहि विभिन्न तालिम, सीपमुलक कार्यक्रमहरु गर्ने गरेको  छ । विद्यार्थीहरुमा छात्रवृत्ति र राजनीतिमा पनि संलग्न गराउन पहल गर्ने गर्दछ । सबैलाई आर्थिक र उत्पादनसँग जोड्न पनि घेदुङले सहयोग गर्दै आएको छ । विभिन्न संगठनको नेतृत्वदायी भूमिका पनि दिने गरेको हुँदा घेदुङले सबैलाई समेटको छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28393167 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top