28 Jan 2020   |   
logo
राजनीति

राजधानीबारे सदनमा बहस सुरु



राजनीति   60 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः प्रदेश ३ को राजधानीबारे प्रदेश सभामा बहस सुरु भएको छ । बुधबार भएको प्रदेश सभाको बैठकमा प्रदेश ३ को राजधानी सम्भाव्यता विशेष समितीका सभापति दिपक निरौलाले राजधानीका लागि ५ जिल्ला उपयुक्त रहेको प्रस्ताव पेश गर्नुभएको थियो । सम्भाव्यता अध्ययन समितिका सभापति निरौलाले मकवानपुर, काभ्रे, भक्तपुर, चितवन र नुवाकोटलाई प्रदेश ३ को राजधानी सम्भावना रहेको प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रस्तावमा धेरै सांसदहरु आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

प्रदेश ३ को राधानीबारे अधिकांश सांसदहरुको कुरा बाझिएको छ । पा“चौं हिउ“दे अधिवेशन दोस्रो बैठकमा बोल्ने अधिकांश सांसदहरुले  प्रदेश नम्बर ३ को राजधानी काभ्रेलाई उपयुक्त रहेको तर्क गरेका छन् भने केहीले मात्र राजधानी हेटौंडा हुनुपर्छ भन्ने धारणा राखेका छन्  । बुधबार प्रदेश सभामा बोल्नुभएका धेरै सांसदहरुले राजधानी आ-आफ्नो गृहजिल्लामा राख्नुपर्ने तर्क समेत गर्नपुगेका थिए । प्रस्तावित जिल्लामाथि प्रदेशको राजधानीको सन्दर्भमा भक्तपुरबाट विजयी हुनुभएका नेपाली कांग्रेसका सांसद कृष्णलाल भँडेलले पहिलो पटक संसदमा बोल्नुभएको थियो । उहाँले भक्तपुर जिल्लानै प्रदेश ३ को राजधानी उपयुक्त रहेको तर्क गर्नुभएको छ । भक्तपुरमा भौतिक पूर्वाधार तयारी अवस्थामा रहेका कारण प्रदेश ३ लाई अगाडि बढाउन पूर्वाधारमा लगानी गर्नुनपर्ने तर्कसहित भक्तपुर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद भँडेलले प्रदेशका सांसदहरुलाई अस्थायी राजधानी सारेर देखाउन चुनौतिसमेत दिनुभएको छ । नेकपाले मतदान गर्न ह्वीप लगाउने कुरा दुर्भाग्यपूर्ण रहेको जानकारी दिनुहुँदै राणा शासन आउन सक्ने संकेत दिनुभयो । संघीयतामा उहाँले संघले ह्वीप जारी गरेर निरकुंशता लाद्न खोजेको भन्दै प्रदेशको राजधानी भक्तपुर र नाम चाँगूनारायण राख्न आग्रह गर्नुभयो । सत्तारुढ दल नेकपाका सांसद शशिजंगा थापाले पनि भक्तपुर नै राजधानी उपयुक्त रहेको तर्क गर्नुभयो । यता नेपाली कांग्रेसका सांसद रत्नप्रसाद ढकाल, नरोत्तम बैद्य, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, चन्द्र लामा लगायतले काभ्रे प्रदेशको राजधानी हुनुपर्ने बताएका छन् । त्यस्तै नेपाली कांग्रेसकै हिरानाथ खतिवडाल प्रदेशको राजधानी नुवाकोट उपयुक्त रहेको तर्क गर्नुभएको छ भने नेपाली कांग्रेसकै अर्का सांसद बिजया श्रेष्ठ र बलराम पौडेलले प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त रहेको धारणा राख्नुभएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सांसद बिजया श्रेष्ठले नेकपाको सचिवालयले गरेको निर्णयले प्रदेश ३ को सांसदहरुको अधिकारको घाँटी निमोठेको अनुभव भएको बताउनुभयो । उहाँले संविधानमै प्रष्ट अधिकारको बारेमा भनिएको भएपनि नेकपाको सचिवालयले गरेको निर्णयमा खेद प्रकट गर्दै राजधानी छिटो टुँगाउनुपर्ने बताउनुभयो । प्रदेश सभा बैठक आज बिहिबार पुनः बस्ने भएको छ । यता ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले राजधानीको प्रक्रियामा जाने समयसम्म नेकपाको संसदीय दलका सांसदहरु एक भएर जाने बताउनुभयो । मतदानमा हुँदासम्म सबै सांसदहरु एक हुने उहाँले संकेत गर्नुभयो । त्यस्तै प्रदेश सांसद मुुनु सिग्देलले पनि राजधानीको सन्दर्भमा सबैले आफ्नो धारणा र माग राख्न पाउने भन्दै सकेसम्म सर्वसम्मत नै राजधानी टुंगिने जानकारी दिनुभयो ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987247 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top