29 Jan 2020   |   
logo
राजनीति

शीर्ष नेतृत्वसँग छलफल गर्ने



राजनीति   56 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरू विभाजित भएर पार्टीको ह्वीप उल्लङ्घन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ । दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको छ ।

संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केन्द्रीय सदस्यहरू सम्मिलित संयुक्त बैठकमा नाम र राजधानीबारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए । राजेन्द्र पाण्डे, पशुपति चौलागाई, शान्ति पौडेललगायतका नेकपाका नेताहरुले पार्टी ह्वीप नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिएका थिए । राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुस २३ गतेलाई सारेर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल सोमबारै काठमाडौं पुगेका छन् ।  उनीहरुले शीर्ष नेतृत्वलाई भेटेर सबै कुरा अवगत गराउने र नेतृत्वको अनुमतिपछि ह्वीप लगाउने तयारी छ । नेकपाका केही नेताले नाम वाग्मती र राजधानी हेटौंडानै कायम हुने तर माथिबाट निर्देशन लादिएको र आफुहरूसँग सल्लाह भएन भन्ने गुनासो गरेका छन् । नेकपा संसदीय दलको बैठकमा पार्टीको निर्देशन मान्ने कि नमान्ने भन्नेमा प्रदेशसभा सदस्यहरु विभाजित देखिएका छन् । सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु पर्ने धारणा राखेका छन् ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077609 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top