28 Jan 2020   |   
logo
राजनीति

प्रदेश नामाकरण कार्यविधि पारित



राजनीति   118 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः प्रदेश ३ को हिउँदे तथा पाँचौं अधिवेशन सोमबारबाट सुरू भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले ३ नम्बर प्रदेशको नामाकरण कार्यविधि–२०७६ पारित गरेको छ । कार्यविधि पारित भएसँगै प्रदेशको नामाकरण गर्ने प्रक्रियाको बाटो खुलेको हो । नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले पेश गर्नुभएको उक्त प्रस्ताव नेपाली कांग्रेसका मुख्य सचेतक राधा घले, नेपाल विवेकशील पार्टीका सांसद रमेश पौडेलले समर्थन गर्नुभएको थियो भने सांसद नरोत्तम वैद्य, राजेश राई, ओम ग्लान र प्रतिमा श्रेष्ठले कार्यविधिमाथि बोल्नुभएको थियो ।

प्रदेश सांसद प्रतिमा श्रेष्ठले नामाकरण सम्बन्धी अध्ययन कार्यदल गठन गर्नुपर्ने बताए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट कार्यविधि पारित गर्ने निर्णय भएसँगै पहिलो बैठकमा उक्त प्रस्ताव पारित भएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पाँचौं अधिवेशन ऐतिहासिक हुने बताउनुभएको छ । मुख्यमन्त्री पौडलेले पाँचौं अधिवेशनका लागि आवश्यक खुराक नभएका कारण प्रदेशसभा नबोलाइएको भन्दै अबको अधिवेशनले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने बताउनुभयो ।  

प्रदेशसभामा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश ३ को राजधानी हेटौंडाको विकल्प नभएको बताउनुभएको छ । उहाँले जनताको लागि मात्रै नभई देशकै लागि प्रदेशको राजधानी हेटौंडा आवश्यक रहेको बताउनुभएको छ । संसदमा बोल्दै बानियाँले सामरिक दृष्टिकोणले पनि हेटौंडा राजधानी उपयुक्त रहेको बताउनुभयो । उहाँले १९ वटा जिल्लाको सदरमुकाम भइसकेको हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त भएको बताउनुभयो । साविक मध्यमाञ्चल क्षेत्रको सदरमुकाम हेटौंडामा भौतिक संरचनादेखि हरेक दृष्टिकोणले राजधानीको लागि उपयुक्त भएको धारणा उहाँले राख्नुभयो । अर्का सदस्य ओमबहादुर ग्लानले नामाकरणको विषयमा अध्ययन कार्यदल बनाउनुपर्ने बताउनुभएको छ । प्रदेशको नामाकरणको बारेमा हतार गरेर पहिचान मेटाउन खोजिएको उहाँले बताउनुभयो । हतारमा नामाकरण कार्र्यिवधि ल्याएर कुण्ठित गर्न खोजिएको उहाँको दावी थियो । सांसद ग्लानले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नुपर्ने बताउनुभयो । राप्रपा सांसद रीता माझीले प्रदेश ३ को प्रदेशसभा भङ्ग गर्न आग्रह गर्नुभएको छ । प्रदेशसभा र सदस्यहरूको अधिकार प्रयोग गर्न नपाइने भए संघीयता खारेज गर्नुपर्ने राप्रपाकी सांसद माझीले बताउनुभयो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987396 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top