28 Jan 2020   |   
logo
स्थानीय तह

प्रदेश सभा दर्पण सावर्जनिक ४५ वटा कानून निर्माण



स्थानीय तह   50 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर २३ सोमवार  

हेटौंडाः ३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले आइतबार प्रदेश सभा दर्पणको तेस्रो अंक सार्वजनिक गर्नुभएको छ । प्रदेश सभाको हालसम्म चौथो अधिवेशन सकिँदा १ सय २७ पटक बैठक बसेको छ । अधिवेशन सुरु भएदेखि हालसम्म ४५ विधेयक दर्ता भएकोमा प्रदेशसभाबाट ४५ नै पारित भई १ बिधेयक मात्र प्रमाणीकरण हुन बाँकी रहेको प्रदेश सचिव रामशरण घिमिरेले बताउनुभयो । यस्तै प्रदेश सभा नियमावली पहिलो पटक संशोधन भएको छ भने प्रदेश सभामा भए गरेको कामको अनूगमन, मूल्यांकन र निर्देशन दिन गठन गरिएको ५ समितिहरुको विषयगत क्षेत्रहरु निर्धारण गरिएको प्रदेश सचिव घिमिरले जानकरी दिनुभयो ।

गठित प्रदेश मामिला समितिको कार्यक्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, संवैधानिक आयोगका प्रतिवदेन, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधीवक्ताको वार्षिक प्रतिवेदन हेर्ने जिम्मा पाएको छ । सार्वजनिक लेखा समितिले भने महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, बेरुजु फछ्र्यौट र प्रदेश सरकारको सार्वजनिक लेखा सम्बन्धी कार्यहरु हेर्नेछ । अर्थ तथा विकास समितिले आर्थिक तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन लगायतका क्षेत्रहरुमा कार्य गर्नेछ । त्यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिले भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालयको कामकारबाही हेर्नेछ भने उद्योग, पर्यटन तथा वातावरण समितिले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र उपभोक्ता हित सम्बन्धी कामकारबाही हेर्ने गरी विषयगत क्षेत्र छुट्टाएको प्रदेश सचिवले घिमिरले बताउनुभयो ।

यस्तै प्रदेश ३ को राजधानीको स्थान र नाम बारे अबको बैठकमा छलफल हुने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । प्रदेशको राजधानी र नामाङ्कनको विषयमा प्रदेशका राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनका आधारमा सभाबाट निर्णय लिने उहाँले बताउनुभयो । यस्तै अबको अधिवेशन छिट्टै बोलाउन तयारी भएको भन्दै राजधानीको विषयले नै प्राथमिकता पाउने बताउनुभयो । अधिवेशन नबसे पनि विभिन्न समितिहरुले काम गरिरहेको सभामुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले भने प्रदेशको राजधानी र नाम तोक्न विपक्षी दलले सहयोग गर्दा पनि नसकेकोप्रति गुनासो गर्नुभयो । सरकारले प्रदेश सरकारलाई बिजनेश दिन नसकेको भन्दै धेरै कामहरु अड्किएको बताउनुभयो । दुईतिहाईको सरकार हुँदा पनि प्रदेश सभा आह्वान गर्न नसक्नु, राजधानी तोक्न नसक्नु र राजधानीको नामाकरण गर्न नसक्नुमा प्रतिपक्षी दलले दबाब दिने, सुझाव दिने कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । प्रतिपक्षी दलले सहज वातावरण बनाउँदा पनि सरकारले प्रदेश सभालाई बिजनेश दिन नसक्दा कामहरु अगाडि नबढेको उहाँले बताउनुभयो ।

भँडेलले लिए सपथ

हेटौंडाः उपनिर्वाचनमा निर्वँचित हुनुभएका प्रदेश सभा सदस्य कृष्णलाल भँडेलले सपथ ग्रहण गर्नुभएको छ । ३ नम्बर प्रदेश सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा सदस्य भँडेललाई आइतबार सपथ खुवाउनुभएको हो । सपथ ग्रहण लगत्तै सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश सभाको लोगो लगाइदिनुभएको छ ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भक्तपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएका भँडेलले प्रदेशको विकास निर्माणलाई प्राथमिकता दिने बताउनुभयो । विकास निर्माणलाई अहिलेको सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो । जनभावना बुझी प्रदेश ३ को विकासका लागि अहोरात्र खट्ने उहाँले दावी गर्नुभयो । यस्तै सपथ कार्यक्रममा ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश सदस्यहरु लगायत प्रदेश सचिव रामशरण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987230 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top