10 Dec 2019   |   
logo
खेलकुद / मनोरञ्जन

हेटौंडाका कृष्णले जिते बुद्धिचालमा पहिलो अन्तर्राष्ट्रिय उपाधी



खेलकुद / मनोरञ्जन   96 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २९ शुक्रवार  

हेटौंडाः हेटौंडाका कृष्ण थापा कुनै पनि औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । बिहीबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा कृष्णले पहिलो स्थान पाएका हुन् । नौं चरणको खेलमा ८ अंक जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६।५ अंकसहित पाँचौ भए । प्रतियोगितामा नेपाली खेलाडीले शीर्ष पाँच स्थान पाए ।

अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७।५ अंकसहित दोस्रो, भारतका शुभम् शुक्लालाई हराएका पुरुषोत्तम चौलागाई ७ अंकसहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अंकसहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौं भए । यसैगरी, सुमित पन्त सातौं, आशिष फुयाँल आठौं तथा सुरवीर लामा नवौं तथा शुभम शुक्ला दशौं भए । महिलातर्फ भारतका सन्ध्या जी पहिलो
भइन् । चीनका सुन फुरुङ दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो तथा जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकै सुशीला गुरुङ पा“चौ भए ।

नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी थिए । विजयी थापाले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए । यसै गरी, चौथो र पाँचौले ५ सय, छैठौंले ४ सय तथा सातौंले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौंदेखि दशौं हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । महिलातर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेस्रोदेखि पाँचौं हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119895 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top