28 Jan 2020   |   
logo
अन्तर्वार्ता

गणित विषयको चुनैति हटाउन सफल भएका छौं



अन्तर्वार्ता   6 पटक पढिएको   भूपेन्द्र चौलागाई   २०७६ भाद्र २७ शुक्रवार  

हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले मकवानपुर जिल्लाकै उत्कृष्ट शिक्षकको रुपमा यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशका ७७ ओटै जिल्लाबाट एक-एक जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्नका लागि सार्वजनिक गरेको सूचीमा मकवानपुरबाट गणित विषयका शिक्षक भूपेन्द्र चौलागाईं पर्नुभएको हो । गणित प्रयोगशाला, उत्कृष्ट व्यवस्थापन तथा गणित विषयमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिमा उहाँको योगदान रहेको छ । यसै सन्दर्भमा ज्योति न्यौपानेले पुरस्कारका लागि सिफारिस शिक्षक भूपेन्द्र चौलागाईंसँग गर्नुभएको कुराकानीः

राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनु भएको छ, कस्तो महसुस गर्नुहुन्छ ?

चौलागाईः एकदम खुसी छु । म योभन्दा पहिले शैक्षिक गुणस्तरमा लागि परिरहन्थेँ । शैक्षिक गुणस्तरमा लागि पर्दा अझ केही गर्न खोजिरहँदाको अवस्थामा केही स्थान पाइन्छ भन्ने लागिरहेको छ यसको लागि खुसी छु ।

पुरस्कृत हुनुको पछाडि आफूले आफूलाई गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

चौलागाईंः पढाउन त सबैले पढाउँछन् । पढाइको सिलसिलामा पढाउने तरिका फरक हुन्छ । मलगायत हाम्रो टिमले नमुना गणित ल्याबको स्थापना गरेका छौँ । ल्याबको मध्यमबाट हामीले शैक्षिक सामाग्रीको प्रयोगबाट व्यावहारिक रुपमा कसरी परिवर्तन गर्न वा उतार्न सकिन्छ भन्ने कुरामा बढीभन्दा बढी जोड दिएका छौँ । गणित दिन प्रतिदिन विद्यार्थीको झुकाव बढिरहेको छ तसर्थ विद्यार्थीप्रतिको झुकाव बढाउनको लागि हामीले व्यावहारिक रुपमा उतार्न सकिन्छ भन्ने कुरालाई हामीले बढीभन्दा बढी जोड दिएका छौँ ।

गणित ल्याब के हो त्यहाँ के के हुन्छ र त्यसबाट कसरी विद्यार्थीले सहज रुपले बुझ्छन् ?

चौलागाईः कुनै पनि धारणा प्रष्ट पार्नको लागि हामीले ल्याबमा लान्छौं र वर्कसप जसरी काम गर्छौ । कुनै पनि कुराले विद्यार्थीलाई मेटल बनाउन सहजीकरण गर्छौ । मेटल बनाई सकेपछि मेटल सम्बन्धी फर्मुला भेरिफिकेसन गराउँछौं । अनुभव गर्न सक्ने मेटलहरू छन् भने त्यहीँ मेटल गराउँछौं र नभएको खण्डमा हामी बुझाउन खोजेको कुरा राम्ररी बुझाएर मात्र कोर्ष अगाडि बढाउँछौँ ।

गणित ल्याब राखेपछि विद्यार्थीमा कस्तो परिवर्तन आएको छ ?

चौलागाईंः पहिला गणित भनेपछि एउटा टाउको दुख्ने विषयको रुपमा लिइन्थो भने अहिले ज्योति माविको हकमा हेर्ने हो भने हामीले अहिले धेरै परिवर्तन गर्न सफल भएका छौं । अन्य शिक्षकहरूले पनि भन्नुहुन्छ अन्य घन्टीमा पनि गणितको गृहकार्य गरिरहेका हुन्छन् । गणित विषय एउटा चुनौतिपूर्ण विषय हो तर हामीले यसबाट चुनैति हटाउन सफल भएका पाउछौं ।

उतीर्णाङ्कमा के कस्तो प्रभाव देखिएको छ ?

चौलागाईंः गत सालभन्दा हाल चाहिँ ७७ प्रतिशत कक्षा ९ मा परिवर्तन भएको पाइयो भने कक्षा १० मा ५२ प्रतिशत राम्रो भएको देखिएको छ । यो गणित ल्याब हुनु पहिला र पछिकोमा यति परिवर्तन भएको पाइएको छ । ल्याब भएपछि विद्यार्थीमा गणितीय ज्ञान स्थायी रुपमा रहिरहेको छ । विद्यार्थीमा गणितीय ज्ञान सम्बन्धी उत्सुकता रहेको पाइन्छ । पहिलाको भन्दा अहिले जिज्ञासु भाव र विद्यार्थीमा तत्परता पनि पाएका छौँ ।

गणित ल्याबको अवधारणा चाहिँ तपाइँमा कसरी आयो ?

चौलागाईंः यसमा अहिले जुनसुकै विद्यालयमा हेर्दा पनि नतिजा कम आएको पाइन्छ र यहीअनुसार हामीले ल्याबको व्यवस्था गयौं र हामीले नगरे कसले गर्ने भन्ने खालको भावना बोकेर ल्याब सञ्चालनमा ल्यायौं । हाल ल्याबको कारणले विद्यार्थीमा राम्रो परिवर्तन भएको पाइन्छ ।

ल्याब हेर्न कुन कुन ठाउँबाट आउछन् र के के प्रतिक्रिया पाउनुहुन्छ ?

चौलागाईंः अहिले हाल बढीमा वरिपरिको विद्यालयको साथीहरू आउनुहुन्छ र यसको लागि समय छ छैन सोधी समय मिलाएर गणित ल्याबको बारेमा बुझ्न आउनुहुन्छ र जिल्ला बाहिरको साथीहरु पनि आइरहनु भएको  छ । अहिले प्रायः विद्यालयमा गणितलाई नमुना बनाउनु पर्छ भन्ने हिसाबले अगाडि बढिरहेको छ ।

शिक्षा पेसामा कहिलेबाट प्रवेश गर्नुभयो र किन ?

चौलागाईंः म २०६६ सालबाट शिक्षा क्षेत्रमा लागेको र पहिला मैले निजी क्षेत्रबाट गर्न सुरु गरेँ र ममा सानैबाट शिक्षा क्षेत्रमा लाग्न एकदम मन थियो त्यसैले म शिक्षा क्षेत्रमा लागेको हुँ ।

तपाईं अहिले शिक्षण क्षेत्रमा काम गरिरहँदा कतिको सन्तृष्टि हुनुहुन्छ ?

चौलागाईंः मान्छे एउटा असन्तुष्ट प्राणी हो । असन्तुष्टि मान्नु पनि स्वभाविक नै हो तर यस शिक्षणबाट म एकदम सन्तुष्ट छु । विद्यार्र्थीहरुमा आफुमा भएको शिक्षा दिन पाउँदा म खुसी पनि छु ।

तपाइ यो क्षेत्रमा आउनु भयो पुरस्कृत पनि हुनुभयो अब आगामी दिन कसरी अगाडि बढाउनु हुन्छ ?

चौलागाईंः सामुदायिक र निजी विद्यालयबीच फाटो रहेको छ । त्यसलाई हामीले पक्कै पनि चिर्नुपर्छ । शिक्षण पाटोबाट, व्यवस्थापन पाटोबाट पनि चिर्दै आइरहेका छौं । यसो गर्दा विद्यालयलाई अगाडि बढाउन सकेका छौं । प्रत्येक जना आफ्नो विद्यालयलाई आफ्नै ठानी कर्तव्य वहन गर्नुपर्छ । म एउटा सहायक प्रधानाध्यापक भएको कारणले र गणित शिक्षकको नाताले यसरी नै अगाडि बढाउँछु ।

संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा काम गर्न गाह्रो हुने र राजनीति बढी हुने र अगाडि बढ्न नसक्ने भन्छन् यसमा तपाईंको अनुभव के छ ?

चौलागाईंः हाम्रो विद्यालय तथा अन्य सामुदायिक विद्यालयमा काममा जस आउँदा चाहिँ म अनि अपजस आउँदा चाहिँ त्यो भन्ने खालको भावना राख्यो भने चाहिँ विवादको कुरा आउने हो नत्र विवादको कुरा आउँदैन । सबैभन्दा पहिला आफू सफा हुनुपर्छ । ज्योति मावि एकदम राम्रोसित अगाडि बढिरहेको छ । व्यवस्थापन पाटो र बेलाबेलामा अभिभावक बोलाई बैठक बस्ने हो भने कुनै अप्ठ्यारो आउँदैन ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987251 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top