28 Jan 2020   |   
logo
साहित्य

साहित्यकार निमेष निखिल सम्मानित



साहित्य   1421 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः भानु जयन्तीको अवसरमा आइतबार मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माविमा भानु जयन्ती विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

 मातृभूमि साहित्य समाज र बासुदेव रिजाल स्मृति प्रतिष्ठानको आयोजना तथा भानु माविको सहयोगमा भएको कार्यक्रममा मकवानपुरे साहित्यकार निमेष निखिललाई सम्मान गरिएको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै भानु बासुदेव साहित्य सम्मानसहित नगद १० हजार प्रदान गरिएको थियो । सो अवसरमा भानु माविमा अध्ययनरत् विद्यार्थी बीच कविता प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १० जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगदसहित पुरस्कृत गरिएको थियो । मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलको अध्यक्षता तथा साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

चिन्तनमाः औंलाहरू

सहमति

कविता

कथा

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987139 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top