10 Dec 2019   |   
logo
प्रदेश समाचार

ईन्धन छानविन उपसमितिले प्रतिवेदन बुझायो



प्रदेश समाचार   1061 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः ३ नम्बर प्रदेशका विभिन्न मन्त्रालयमा भएको ईन्धन अनियमितताका विषयमा छानविन गर्न गठित उपसमितिले शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रदेशका सातवटै मन्त्रालय, प्रदेश सभा सचिवालय लगायतका क्षेत्रमा ईन्धनमा भएको अनियमितताका विषयमा छानबिन गरेर उपसमितिले प्रतिवेदन बुझाइएको हो ।

 प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेश सरकारका मन्त्रालयले ईन्धनमा अनियमितता गरेको भन्ने विषयमा समाचार बाहिर आएपछी छानबिन गरेर प्रतिवेदन बुझाएको हो । समितिले गत मंसिर ४ गते रमेश पौडेलको संयोजकत्वमा प्रदेश सदस्य रिता माझी, ओम घलान, देबकी श्रेष्ठ, जीवन ढुंगोलसहितको समिति गठन गरेर छानबिन सुरु गरेको थियो । उपसमितिले छानबिनपछी समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको समिति सदस्य मुनु सिग्देलले बताउनुभयो । तर, उपसमितिले तयार पारेर बुझाएको प्रतिवेदनमा के छ भन्ने विषयमा सार्वजनिक लेखा समितिको बैठकपछि मात्र बाहिर ल्याउने उपसमितिका संयोजक पौडेलले बताउनुभएको छ । प्रदेशसभा बैठक बस्नु भन्दा अगाडि समितिको बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119891 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top