10 Dec 2019   |   
logo
स्थानीय तह

हेटौंडाको आगामी आवको बजेट ६४ करोेड



स्थानीय तह   22 पटक पढिएको        

समाज संवाददाता पुस २९, हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०७४÷७५ का लागि ६४ करोड १९ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । विहीबार २२औं नगरपरिषद्बाट उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ६६ करोड रुपैयाँको संशोधित बजेट पेश गरिएको छ ।

वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले आगामी आवका लागि आन्तरिक आय तर्फ १२ करोड ७१ लाख ७० हजार रुपैयाँ र बाह्य आय तर्फ ४१ करोड ९ लाख ४३ हजार रुपैयाँको अनुमान पेश गर्नुभएको छ । त्यस्तै, चालु खर्च तर्फ १० करोड ३२ लाख ६९ हजार रुपैयाँ र पुँजीगत खर्च तर्फ ५३ करोड ८७ लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १० करोड रुपैयाँ न्यून बजेट पेश गरेको छ । ‘न्युन हुने बजेट थप आन्तरिक श्रोत परिचालन, अन्तरमन्त्रालय एवम् विकास साझेदारहरु तथा निजी क्षेत्रसँग साझेदारी प्रवद्र्धन गरी पूरा गरिनेछ,’ कार्यकारी अधिकृत पाण्डेले भन्नूभयो ।

     उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ६६ करोड ६८ लाख १५ हजार रुपैयाँको संशोधित बजेट पेश गरेको छ । २१औं नगरपरिषद्ले स्वीकृत गरेको ४३ करोड ३६ लाख २४ हजार रुपैयाँ बजेट चालु आर्थिक वर्षका लागि संशोधन भएको हो । ‘नगरपालिकाको आन्तरिक राजश्व परिचालनमा सुधार, सामाजिक सुरक्षा भत्ता गरिएको शतप्रतिशत वृद्धिले आम्दानी बढेको हो,’ २३ करोड रुपैयाँ वृद्धि भएको संशोधित बजेट बारे जानकारी गराउँदै कार्यकारी अधिकृत पाण्डेले भन्नुभयो, ‘भूकम्प प्रभावित जिल्लाहरुमा युनिसेफले उपलब्ध गराएको बजेट, नगरपालिकाको न्युनतम शर्त तथा कार्यसम्पादन मूल्याड्ढनमा दोश्रो स्थानमा आएकोले बढेको अनुदानलगायत कारणले चालु आवको आयमा परिवर्तन भएको हो ।’ उपमहानगरपालिकाले १० करोड ४८ लाखको आन्तरिक आयलाई संशोधन गर्दै ११ करोड ६५ लाख पु¥याइएको छ भने २३ करोड १८ लाख रुपैयाँ बाह्य आयलाई संशोधन गर्दै ४० करोड ८० लाख रुपैयाँ पु¥याइएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि पँुजीगत खर्च ५६ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ । भूकम्प प्रभावित जिल्लाहरुलाई प्राप्त हुने युनिसेफको रकम आगामी आवमा प्राप्त नहुनेभएकोले चालु आर्थिक वर्षको संशोधित बजेट भन्दा २ करोड ४८ लाख रुपैयाँ कम बजेट आगामी आवका लागि प्रस्तुत गरिएको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

     आगामी आवका लागि उपमहानगरपालिकाले लक्षित क्षेत्र तर्फ ३५ प्रतिशत बजेट अर्थात ५ करोड ३४ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ ।  महिला तर्फ १० प्रतिशत अर्थात १ करोड ५२ लाख ६१ हजार रुपैयाँ, बालबालिका तर्फ १० प्रतिशत अर्थात १ करोड ५२ लाख ६१ हजार रुपैयाँ र आदिवासी, जनजाति, जेष्ठनागरिक, अपाङ्गता भएका समूह लगायत वर्गका लागि १५ प्रतिशत अर्थात २ करोड २८ लाख ९१ हजार रुपैयाँ विनियोजन भएको छ । पुँजीगत लगानीका लागि विनियोजित ९ करोड ९१ लाख रुपैयाँ मध्ये ६५ प्रतिशत अर्थात ६ करोड ४४ लाख रुपैयाँ क्षेत्रगत लगानी र ३५ प्रतिशत अर्थात ३ करोड ४७ लाख रुपैयाँ प्रवद्र्धनात्मक क्षेत्रमा खर्च गर्न विनियोजन गरिएको छ । नगरस्तरीय कार्यक्रमका लागि विनियोजित २ करोड ५७ लाख रुपैयाँ मध्ये नगरस्तरीय मझौला भौतिक विकास तर्फ ५५ प्रतिशत अर्थात १ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको छ ।

     उपमहानगरपालिकाले वृहत्तर हेटौंडाको अवधारणाअनुरुप नगरक्षेत्रको दीर्घकालिन विकासलाई आत्मसाथ गर्दै विभिन्न नीति तथा कार्यक्रमहरुसमेत तय गरेको छ । सुरक्षित सहरी विकासका लागि सहरी पूर्वाधार तथा भौतिक संरचना विकास, आर्थिक प्रशासन तथा राजश्व परिचालन, आर्थिक तथा सामाजिक विकास ( सामदायिक विकास, ुवातावरण, स्वास्थ्य, सरसफाई, समावेशी विकास, शिक्षा, खेलकुद, साहित्य, कला, पर्यटन विकास) र सुशासन प्रवद्र्धन तथा संस्थागत सुधार सम्बन्धी अलग–अलग नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले मंसिर १६ गतेलाई उपमहानगरपालिका स्थापना दिवस मनाउने प्रस्ताव समेत पेश गरेको छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119826 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top