28 Feb 2020   |   
logo
राजनीति

प्रथम जिल्ला सभा आज



राजनीति   46 पटक पढिएको   समाज संवाददाता हेटौंडा, ३१ बैशाखः     

मकवानपुर जिल्लाको प्रथम जिल्ला सभा आज सोमबार बस्दैछ । जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुगेकै दिन पारेर आज जिल्ला सभाको आयोजना गरेको हो । जिल्लामा निर्वाचित भएपछि एक वर्ष भित्रमा भएगरेका कामको समिक्षा तथा आगामी आर्थिक वर्षको कार्यक्रम तय गर्ने उद्देश्यका साथ प्रथम जिल्ला सभा तथा समीक्षा बैठक आयोजना गरेको हो ।

सभामा समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रतिवेन पेश गर्नुहुने बताइएको छ । उहाँले जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि भए गरेका काम कारबाहि तथा स्थानीय तह प्रदेश सरकार र केन्द्रिय सरकारसँगको अपेक्षाका बारेमा सभामा प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यस्तै सभामा मकवानपुरका १० वटै स्थानीय तहले आफुले गरेका कामका बारेमा जानकारी गराउने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो । त्यस्तै आजको जिल्ला सभाले आगामी आर्थिक वर्षका लागि कार्ययोजनाहरु पास गर्दै सभा सम्पन्न हुने प्रमुख खुलालले बताउनुभयो ।

संघीय गणतन्त्र नेपालको संविधानले मुलुकलाई सात संघीय प्रदेशहरुमा विभाजन गर्नुका साथै भाग १७ धारा २१४ देखि २२७ सम्म स्थानीय व्यवस्थापिकाको समेत व्यवस्था गरी अधिकारको बाँडफाँड गरेको छ । संविधान अनुसार नै साविकको स्थानीय निकायहरु पुनर्संरचना गरी स्थानीय तहमा रुपान्तरित भई वर्तमान स्थिति निर्माण भएको हो । मकवानपुरमा जिल्ला समन्वय समितिको गठन गत वर्ष बैशाख ३१ गते नै भएको थियो ।

जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने, सो को अनुगमन गर्ने तथा जिल्लामा रहने संघीय र प्रादेशिक सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने काम जिल्ला समन्वय समितिको हो । सम्बन्धित जिल्ला भित्रका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू सदस्य रहेको जिल्ला सभा रहने व्यवस्था रहेको छ । जिल्ला सभाले जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28393474 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top