28 Feb 2020   |   
logo
राजनीति

ईन्द्र बहादुर बानियाँ विजयी



राजनीति   46 पटक पढिएको        

समाज संवाददाता हेटौंडाः प्रदेश सभा सदस्य पदमा नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । शनिबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘ख’ बाट बानियाँ विजयी भएका हुन् । बानियाँले १९ हजार २४५ मतसहित जीत हासिल गरेका हुन् ।

बानियाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार राजाराम स्याङ्तान थिए । स्याङ्तानले १७ हजार ८३३ मत ल्याए । बानियाँ एक हजार ४१२ मतान्तरले विजयी भएका हुन् । मतपरिणामपछि नेपाली काँग्रेसका नेता, कार्यकर्ता र समर्थकहरुले नारा, जुसुलसहित विजयोत्सव मनाएका छन् ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28391479 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top