28 Feb 2020   |   
logo
प्रदेश समाचार

बेचबिखन मुद्दामा सबैलाई सफाई



प्रदेश समाचार   1149 पटक पढिएको   समाज संवाददाता     

हेटौंडा, १० साउनः आर्थिक वर्ष २०७३/७४ को मानव बेचबिखनका जम्मा ९ वटा मुद्दा मध्ये कुनैपनि मुद्दा हालसम्म कुनैपनि मुद्दा कसुर कायम हुन सकेको छैन । दर्ता भएका ९ वटा मुद्दा मध्ये २ वटा मुद्दाले सफाई पाइसकेको छ भने ७ वटा मुद्दा अझै हेरिएको छैन । सोमबार हेटौंडामा भएको लैङ्गिक विभेदमा आधारित हिंसाको अवस्थाको बारे भएको एक अन्तरक्रियाममा जिल्ला न्यायाधीवक्ता हरिप्रसाद भट्टले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार मकवानपुरमा आर्थिक वर्ष २०७३/७४ मा जबर्जस्ती करणीका २९ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १३ वटा कसुर मुद्दा कायम भएको छ भने २ वटा मुद्दाले सफाई पाएको छ । १३ वटा मुद्दा बाँकी लगतको रुपमा राखिएको छ ।

त्यस्तै जबर्जस्ती करणी उद्योगमा १० वटा मुद्दा दर्ता भएको छ जस मध्ये १ कसुर कायम भएको छ भने ४ वटाले सफाई पाएको छ । गत आर्थिक वर्षमा बहुविवाहका २२ वटा मुद्दा दर्ता भएका छन् जस मध्ये १२ वटा कसुर कायम भएको छ भने ४ वटाले सफाई पाएको छ । जातीय छुवाछुतसम्बन्धी ३ वर्षको अवधिमा गत आर्थिक वर्षमा एउटा मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षको तुलनामा भने यो आर्थिक वर्षमा लैङ्गिक विभेदमा आधारित घटनाहरु बढेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार देखिन्छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले सचेतना स्तरले लैङ्गिक विभेदका घटनाहरु उजागर भएको बताउनुभएको थियो ।

सिविन नेपाल, प्लान नेपाल र महिला तथा बालबालिका कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको अन्तरक्रिया मकवानपुरमा महिला हिंसाको अवस्थाको बारेमा प्रस्तुत गर्दै महिला तथा बालबालिका कार्यालयकी कार्यालय प्रमुख शोभा शाहले महिलाहरुको लागि मकवानपुरमा सेफ हाउस, सेल्टर हाउसकै समस्या भएको बताउनु भएको थियो । उहाँले पुनस्र्थापना गरेपछि समाजमा सम्मानजनक तरिकाले जीविका चलाउन महिलाहरुलाई अझै समस्या रहेका बताउनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, गढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28394969 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top