10 Dec 2019   |   
logo
प्रदेश समाचार

लागुऔषध अफिमसहित २ जना पक्राउ



प्रदेश समाचार   1050 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, ६ वैशाखः इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ । सोमबार रातोमाटेस्थित प्रहरी चेकपोष्टमा चितवनबाट बीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ९५६४ नम्बरको बसका यात्रुको सुरक्षाजाँच गर्ने क्रममा दुईजनाको साथबाट लागुऔषध अफिम बरामद भएको प्रहरीले जनाएको छ ।


राक्सिराङ गाउँपालिका २, डाँडाखर्कका ३१ वर्षीय बिष्णु तामाङ र पर्सा आउराह–५ का ६५ वर्षीय जगमोहन गिरिको साथबाट प्रहरीले लागुऔषध अफिम २ किलो १५० ग्राम बरामद गरेको जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुबैलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्लाका बिभिन्न स्थान अबैध रुपमा बनाई बिक्रि गर्ने गरेको घरेलु मदिरा २ हजार २ सय ९५ लिटर र कच्चा पदार्थ ८ सय लिटर तथा मदिरा बनाउने ड्रम ४ वटा नियन्त्रणमा लिएको जनाएको छ । अवैध रुपमा सञ्चालित घरेलु मदिरा आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय हेटौंडामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119884 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top