28 Jan 2020   |   
logo
खेलकुद / मनोरञ्जन

कैलाशलाई उपाधी



खेलकुद / मनोरञ्जन   58 पटक पढिएको   समाज संवाददाता     
रुद्र पाख्रिन स्मृति जिल्लास्तरीय फुटसल प्रतियोगिताको पहिलो संस्करणको उपाधी कैलश गाउँपालिकाले जितेर उपाधी ग्रहण गर्दै विजेता टोली । विजेताले उपाधीसँगै १ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । माओवादी द्वन्द्वमा ज्यान गुमाएका रुद्र पाख्रिनको १७ औं स्मृति दिवसको सन्दर्भमा फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।

कैलाशलाई उपाधी


मकवानपुरगढी गाउँपालिकास्थित फुटसल कोर्टमा भएको आइतबार भएको फाइनल खेलमा आयोजक टिमलाई १–० गोलअन्तरले पराजित गर्दै कैलाशले उपाधी जितेको हो । उपविजेता बनेको आयोजक टिमले ५० हजार नगदसहित शिल्ड तथा मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता खेलाडीलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मकवानपुरगढी गाउँपालिकाकी कार्यपालिका सदस्य मानकुमारी नेपाली, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे, प्रतियोगिता संयोजक भीम पाख्रिनले पुरस्कार वितरण गरे थिए ।





सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987256 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top