28 Jan 2020   |   
logo
अर्थ / व्यापार

बहुउद्देश्यीय संघको छैठौं साधारणसभा



अर्थ / व्यापार   54 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको छैठौं वार्षिक साधारणसभा शनिबार भएको छ । १८ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु आवद्ध रहेको संघमा शेयर पुँजी एक लाख दश हजार रुपैयाँ रहेको छ भने चार लाख ७७ हजार १ सय ६६ रुपैयाँ बचत रकम रहेको संघले जनाएको छ ।

बहुउद्देश्यीय संघको छैठौं साधारणसभा


मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको सभामा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष रामहरी न्यौपाने, कोषाध्यक्ष विमलकुमार ढकाल र लेखा समिति संयोजक रामेश्वर अर्यालले संघको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघले मकवानपुर जिल्ला सहकारी संघमा नवनिर्वाचित समितिका सम्पुर्ण पदाधिकारीहरुलाई बधाईका साथै सम्मान गरेको थियो । सभाको सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नारायणप्रसाद देवकोटाले सबै खाले सहकारीहरु एकजुट भएर सहकार्यमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारीहरुले अब उत्पादन मात्र होइन बजारको व्यवस्थापन पनि गर्ने भन्दै स्थानीय तहले सहकारी ऐन बनाउँदा एउटा जिल्लाको सबै स्थानीय तहले एउटै ऐन बनाउनुपर्ने बताउनुभयो ।

जिल्लाका सबै सहकारीहरुलाई एकाकार गरेर अगाडि बढ्ने आश्वासन उहाँले दिनुभयो । संघका अध्यक्ष रामहरी न्यौपानेले बहुउद्देश्यीय सहकारी संस्थाहरुको बहुआयामिक कार्यक्षेत्र रहेतापनि धेरैजसोले बचत तथा ऋणको काम मात्र गरिरहेकोले उद्देश्य अनुरुपको कार्य गर्न सबै सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । साधारणसभामा बचत तथा ऋण सहकारी संघ प्रदेश ३ की उपाध्यक्ष राधा सिन्तान, जिल्ला सहकारी संघका प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि, जिल्ला बचत संघका प्रतिनिधि, बहुउद्देश्यीय सहकारी संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987193 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top