28 Jan 2020   |   
logo
स्थानीय तह

समावेशी नीति तथा योजनाबारे अन्तरक्रिया



स्थानीय तह   51 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः भीमफेदी गाउँपालिकाले समावेशी नीति तथा योजनाबारे अन्तरक्रियाको आयोजना गरेको छ । सोमबारदेखि आयोजना गरिएको अन्तरक्रियामा अधिकारकर्मी सरु जोशी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

समावेशी नीति तथा योजनाबारे अन्तरक्रिया


विभिन्न समुहसँग ४ चरणमा अन्तरक्रिया गरिएको थियो । गाउँपालिकाले आयोजना गरेको अन्तरक्रियामा छलफलमा सबै पक्षलाई समेटिएको जानकारी दिनुहुँदै गाउँपालिकाकी उपप्रमुख पार्वती रानाले सबैका समस्यालाई पहिचान गर्नको लागि सबैको धारणा लिइएको जानकारी दिनुभयो । उहाँले अब गाउँपालिकालाई बालमैत्री, अपाङ्गमैत्री, महिला सहभागिता, अंशको समान हक, समान ज्याला, भेदभावमुक्त र हिंसारहित गाउँपालिका बनाउनका लागि उत्कृष्ट नीति तथा योजना बनाएर लागु गरिने जीकिर गर्नुभयो ।

सोमबार गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधिसँग पहिलो चरणको छलफल भएको थियो भने मंगलबार र बुधबार गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको अध्यक्षतामा दोस्रो चरणमा गाउँपालिकाका कर्मचारीहरुसँग, तेस्रो चरणमा शिक्षक, विद्यार्थी, जेष्ठ नागरिक, बाल क्लबका पदाधिकारीसँग छलफल गरिएको थियो । यस्तै चौथो चरणमा सहकारीका प्रतिनिधि र गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गाउँपालिकाले बनाउन लागेको नीति तथा योजनामा गाउँपालिकाको सबै पक्षको समस्यालाई सम्बोधन गरिने बताउनुभएको छ ।






सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987268 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top