16 Nov 2019   |   
logo
राजनीति

बालबालिका भोलिका भविष्यः मुख्यमन्त्री पौडेल



राजनीति   27 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजका बालबालिका भोलि देशको भविष्य बदल्ने कर्णधार भएकोले प्रदेशले बालबालिकाको राम्रो भविष्यका लागि कार्य गरेर सोहि अनुसार प्रदेश सरकारले गतिविधि सञ्चालन गर्ने बताउनुभएको छ । उहाँले बालबालिकाको पक्षमा काम गर्ने संघ संस्थाहरुले सरकारलाई सहयोग गरिरहेको बताउनुभयो । प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

बालबालिका भोलिका भविष्यः मुख्यमन्त्री पौडेल


प्रारम्भिक बालविकासका लागि संघीय सांसदहरुको सहकार्य समन्वय समुहको आयोजनामा भएको परामर्श कार्यक्रममा संघीय सांसद तथा समुहकी संयोजक सत्या पहाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरीक मामिला तथा कानुन मन्त्री सालिकराम जमरकट्टेल, संघीय सांसद तथा समुहकी पुर्व संयोजक सीता पौडेल, सेतो गुराँस राष्ट्रिय बालविकास सेवाकी संस्थापिका अगाथा थापा, संघीय सांसदहरु, प्रदेश ३ का सांसदहरु, योजना आयोगका पदाधिकारीहरु, बालबालिकाको हितमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संघीय सांसद डा. बिमला राई पौड्यालले नेपालमा प्रारम्भिक बालविकास प्रवर्धन पुस्तिकाको परिचय र महत्वको बारेमा र प्रारम्भिक बालविकास विज्ञ डा. मीनाक्षीले प्रारम्भिक बालविकासको लागि ३ वटै तहका सरकारले गरिरहेको कार्य सम्बन्ध र भावी दिशाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसदहरु मुनु सिग्देल, कुमारी मोक्तान, मुना ज्ञवाली, राम काजी महर्जन, नरोत्तम वैद्य, आशमाया तामाङलगायतले कार्यक्रमको खुलासत्रमा बोल्दै ११—१२ वर्ष कै उमेरमा विवाह गर्ने, लोग्ने बिदेशमा हुँदा बच्चा छोडेर दोस्रो विवाह गर्ने लगायतका समाजमा भैरहेको चुनौतीअरु समाधान गर्न सबै मिलेर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशले २०७८ सालसम्ममा बालविबाह मुक्त र २०८० सम्मा बालमैत्री प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभयो । मन्त्री दुलालले सामाजिक, शिक्षा र स्वास्थ्यको गति मिलाएर कार्य गर्ने पनि जीकिर गर्नु भयो । कार्यक्रमकी सभाध्यक्ष संघीय सांसद सत्य पहाडीले प्रदेशमा पनि प्रारम्भिक बालविकासका लागि एक समुहको निर्माण गरिने बताउनुभयो । समुहले प्रदेश नम्बर २ र कर्णाली प्रदेशमा समिति बनाइसकेको जानकारी दिनुभयो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213327 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top