28 Feb 2020   |   
logo
समाज

सहिद स्मारकमा एटिएम



समाज   38 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखाले मंगलबार हेटौंडाको पर्यटकीय क्षेत्र सहिद स्मारकमा एटिएम मेसिनको उद्घाटन गरेको छ । सहिद दिवसको अवसरमा जारी सहिद सप्ताहको अवसरमा मंगलबार बिहान बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले एटिएमको उद्घाटन गर्नुभएको हो । एटिएम उद्घाटन कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्यायको पनि उपस्थिति रहेको थियो ।

सहिद स्मारकमा एटिएम


कृषि विकास बैंक हेटौंडा शाखाका प्रबन्धक रामप्रसाद गजुरेलका अनुसार पर्यटकीयस्थलमा एटिएम मेसिन स्थापना हुँदा पर्यटकलाई सहज हुने अपेक्षा गरिएको बताउनुभएको छ । यसअघि कृषि विकास बैंकले हेटौंडा अस्पतालमा पनि एटिएम मेसिन स्थापना गरेको थियो । यसैबीच कृषि विकास बैंकले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँगको सहकार्यमा पर्यटक सूचना केन्द्रमा नमस्ते सेन्टर स्थापना गरेको छ । मंगलबार नै बागमती प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले नमस्ते सेन्टरको उद्घाटन गर्नुभएको हो । कृषि विकास बैंकको ९ लाख ५० हजार रुपैयाँ र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको ६ लाख ५० हजार रुपैयाँ गरी कुल १६ लाख रुपैयाँमा नमस्ते सेन्टर निर्माण गरिएको शाखा प्रबन्धक गजुरेलले जानकारी दिनुभयो । नमस्ते सेन्टरबाट पर्यटकले देशभरका पर्यटकीयस्थलको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

एटिएम उद्घाटन गर्नुहुँदै मन्त्री नेपाल र सिइओ उपाध्याय ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28391032 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top