28 Feb 2020   |   
logo
प्रदेश समाचार

आवधिक योजना मन्त्रीपरिषद्मा पेश गरिने



प्रदेश समाचार   124 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः बागमती प्रदेशको नीति तथा योजना आयोगको बैठक हेटौंडामा भएको छ । बैठकले बागमती प्रदेशको प्रथम आवधिक योजना स्वीकृतिका लागि प्रदेश मन्त्रीपरिषद्मा पेश गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको योजना, कार्यक्रम अनुगमन तथा मुल्याङ्कन दिग्दर्शन २०७६ स्वीकृत गर्ने निर्णय गरिएको प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. यमुना काडेलले जानकारी दिनुभयो ।

आवधिक योजना मन्त्रीपरिषद्मा पेश गरिने


प्रदेशको आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रम तर्जुमा दिग्दर्शन २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ । प्रदेशका नीति तथा योजना आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङगेल, नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्यामकुमार बस्नेत, सदस्यहरू प्राध्यापक डा. रामचन्द्र ढकाल, डा. यमुना काडेल, प्रदेशका प्रमुख सचिव तोयम राय, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा. मुकुन्दप्रसाद पौडेल, प्रदेश नीति तथा योजना आयोगका सदस्य अन्जन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28392089 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top