28 Feb 2020   |   
logo
समाज

प्रहरीको गोली, तस्कर पक्रन खर्च हुँदै, गाँजा उत्पादन गरेर प्रहरीलाई निम्तो दिएको: एसपि राठौर



समाज   29 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरीको गोली पछिल्लो समयमा लागूऔषध तस्कर पक्रन खर्च हुँदै गएको छ । प्रहरीले गएराति २ राउन्ड गोली प्रहार गरी ३२ किलो लागूऔषध गाँजा पक्राउ गरेको छ । प्रहरीले १ राउन्ड हवाई फायर र १ राउन्ड तस्करको कारको चक्कामा हानेर तस्कर सहित ३२ किलो लागूऔषध गाँजा पक्रन सफल भएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताउनुभयो ।

प्रहरीको गोली, तस्कर पक्रन खर्च हुँदै, गाँजा उत्पादन गरेर प्रहरीलाई निम्तो दिएको: एसपि राठौर


प्रहरीले भारत मुजफ्पुरका ३५ वर्षका संजिब पासवान, ३५ वर्षका अजैमल हवारी र ४५ वर्षकी जाहेरा खातुनलाई प्रक्राउ गरेको छ । जसमध्ये खातुन सामान्य घाइते भएकी छिन् । गएराति काकडभित्ताबाट धनगढी तर्फ जादै गरेको ना ५ ख ५५८२ नम्बरको यात्रुबाहक बसले प्रहरीको भ्यानलाई ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी सहित प्रहरी हवल्दार नर बहादुर राई, प्रहरी हवलदार सुक्रराज खत्री, प्रहरी जवान समुन्द्र श्रेष्ठ र सुरेश कमाल घाइते भएको एसपि राठौरले बताउनुभयो । यसअघि पनि तस्कर पक्रन प्रहरीले हवाई फायरिङ गरेर रातोमाटेबाट लागूऔषध गाँजा पक्राउ गरिसेकेको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।

 गएराती घाइते भएका प्रहरी हाल चुरेहिल अस्पतालमा उपचार भैरहको र खतरामुक्त रहेको बताउँनुहुदै एसपि राठौरले अब कानुन विपरित लागूऔषध ओसारपसार गर्ने र उत्पादन गर्नेमाथि कडा एक्शन लिने बताउनुभयो । उहाँले प्रहरीलाई गाँजा उत्पादन गरेर निम्तो दिएको भन्दै गैरकानुनी काम गर्न बन्द गरी वैकल्पिक खेत गर्न निर्देशन दिनुभएको छ । लाखौ युवा, युवतीहरु कुलतमा फसेका र अपराधमा संलग्न भएका मुख्य कारण लागूऔषध रहेका भन्दै यस्तो गैरकानुनी उत्पादन गर्न बन्द नगर्ने, तस्कर गर्नेलाई कडा कारबाहि गर्ने बताउनुभयो । उहाँले प्रहरीलाई खुलेआम गाँजा उत्पादन गरेर चुले निम्तो दिएको भन्दै सुध्रिन आग्रह गर्नुभयो ।

 प्रहरी चुप लागेर नबस्ने भन्दै त्यस्तो लागूऔषध उत्पादन गर्न बन्द गर्न जिल्लाबासीका लागूऔषध उत्पादन गर्नेलाई कडा चुनौती दिनुभएको छ । यस्तो नगरेमा प्रहरीले सबैलाई पक्राउ गर्नेछ । आवश्यक कारबाही अगाढि बढाउने एसपि राठौरले आज पत्रकार सम्मेलन मार्फत बताउनुभएको छ । आजै नै ठुलो मात्रामा लागूऔषध केही बेरमा सार्वजनिक गरिने पनि भएको छ । दैनिकजसो भारतीय गाडि, मोटरसाइकल, बस, एम्बुलेन्समा लागूऔषध गाँजा पक्राउ पर्नथालेपछि मकवानपुरमा लागूऔषधको ट्रान्जिट पोइन्ट बनिसकेका कारण यसको जालोलाई नै समाप्त पार्ने एसपि राठौरले जानकारी दिनुभयो । 








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28389509 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top