28 Feb 2020   |   
logo
समाज

युवा क्लबमा सुदीन र अजय



समाज   20 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत रहेर राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति मकवानपुरले बिहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ र १६ मा युवा क्लब गठन गरिएको छ । वडा नम्बर ९ मा सुदीन पौडेलको अध्यक्षतामा १५ सदस्यीय युवा क्लब गठन गरिएको छ भने वडा नम्बर १६ मा अजय गौतमको अध्यक्षतामा १५ सदस्यीय युवा क्लब गठन गरिएको छ ।

युवा क्लबमा सुदीन र अजय


१६ वर्षदेखि २४ वर्ष उमेर समूहका युवाको भेलाले ९ नम्बर वडामा गठित क्लबको उपाध्यक्षमा विकिता अर्याल, कोषाध्यक्षमा श्रृष्टि महर्जन र सचिवमा रञ्जन पौडेललाई चयन गरेको छ । यसअघि हेटौंडा उपमहानगरपालिकाले १ नम्बर वडामा युवा क्लब गठन गरेको थियो । यस्तै वडा नम्बर १६ मा उपाध्यक्षमा नैना विश्वकमा, सचिवमा कृषला विश्वकर्मा र कोषाध्यक्षमा प्रितम बास्ताकोटी चयन भएका छन् । वडा नम्बर १६ मा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा वडा अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले युवासँग समन्वय गरी वडाको विकासका काम गर्न पाउ“दा खुसी लागेको बताउनुभएको छ । युवा क्लबले पहिलो कामको रुपमा वडामा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनलाई न्युनिकरण गर्नका लागि कार्यक्रम आयोजना गर्न समेत भण्डारीले निर्देशन दिनुभएको छ । वडा तथा नगरपालिकामा युवासम्बन्धी हुने सम्पुर्ण कार्यक्रमहरु युवामार्फत नै गराई युवालाई भोलिका दिनमा सक्षम तथा आत्मनिर्भर बनाउन यस किसिमको कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले बताउनुभएको छ ।

वडा कार्यालयको संरक्षणमा युवा क्लबहरु संचालन हुने उहाँले जानकारी दिनुभयो । जिल्ला युवा समिति मकवानपुरले गतवर्ष मनहरी गाउँपालिकामा युवा क्लब गठन गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा सदस्यहरु लक्ष्मी नेपाली, सुकराम केसी, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ का संयोजक यदुवंश खतिवडा, टोल विकास नगर समन्वय समिति सदस्य रामचन्द्र अर्याल लगायत वडाका उल्लेख्य युवाको उपस्थिति रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28392964 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top