28 Feb 2020   |   
logo
समाज

सञ्चारकर्मीसँग इन्सेकको अन्तरक्रिया



समाज   49 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) को पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच अन्तरक्रिया हेटौंडामा भएको छ । इन्सेक मकवानपुर शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले विकासलाई भौतिक पूर्वाधारको विकाससँग जोडेर हेरिने गरेकोप्रति गुनासो व्यक्त गरेका छन् ।

सञ्चारकर्मीसँग इन्सेकको अन्तरक्रिया


कार्यक्रममा सहभागी संचारकर्मीहरुले नागरिक समाजको उपस्थिति बलियो नभएको भन्दै समाजमा भएका घटनाहरुप्रति चासो देखानउनुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा विकासलाई शिक्षा, स्वास्थ्यमा पनि जोड्दै शिक्षाको माध्यमबाट मानसिक चेतना जगाउनुपर्ने बाल हेल्पलाइनकी अधिकृत सम्झना अधिकारीले बताउनुभयो । उहाँले मकवानपुर जिल्लाको परिप्रेक्षमा हेर्दा व्यापक रुपमा बालविवाह, महिला हिंसा जस्ता समस्याहरु विकराल भएको भन्दै मानसिक रुपमै सचेतना जगाउनुपर्ने बताउनुभयो । त्यस्तै संचारजगतले पनि आवश्यक खोज मुलक विषयमा पुगरे मात्र समाचार लेख्दा नागरिक समाज बलियो हुने जानकारी दिनुभयो । संचारकर्मीले भ्रामक समाचार लेख्न नहुने र सत्य तथ्यको पारदर्शीता हुनुपर्ने उहाँको भनाई छ ।

सहभागीहरुले संचार र नागरिक समाजले समाजमा हुने विकास निर्माण कामलाई निगरानी गर्नुपर्ने, जवाफदेहिता बहन गर्न लगाउनुपर्ने तथा आवश्यक सुझाव पनि दिनसक्ने हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रमका इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा गैरसरकारी संघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लागयतको सहभागिता रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28391832 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top