28 Feb 2020   |   
logo
समाज

आजबाट सहिद सप्ताह सुरु



समाज   28 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः जहानीया राणा शासन विरुद्ध एवम् नागरिक स्वतन्त्रताको पक्षमा विभिन्न समयमा ज्यानको आहुती दिने सहिदको सम्मानमा हरेक वर्ष माघ १६ गतेका दिन सहिद दिवस मनाइन्छ । मकवानपुरमा सहिद दिवसलाई सप्ताहव्यापी रुपमा मनाइँदैछ । यस वर्षको सहिद सप्ताह आज शुक्रबारदेखि सुरु हुँदैछ । आज बिहान ७ बजे सहिद सप्ताहको शुभारम्भ पदयात्रा गरेर कार्यक्रमको औपचारिक सुरुवात हुँदैछ ।

आजबाट सहिद सप्ताह सुरु


बागमती प्रदेशका मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलसहित हेटौंडाको बुद्धचोकबाट सुरु हुने पदयात्रामा सहिद स्मारकमा गएर सम्पन्न हुने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् सहिद स्मारक विकास समितिका सदस्य रघुनाथ खुलालले जानकारी दिनुभयो । आजै ११ बजे मकवानपुरगढी दरबारमा २५७ औं विजय उत्सव मनाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरगढीमा पनि मुख्यमन्त्री पौडेलले झण्डोत्तोलन गर्नुका साथै सेतो हात्तिको मूर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि शनिबार बिहान ८ बजे सहिद स्मारकमा बृहत रक्तदान कार्यक्रम, दिउँसो १२ः३० बजे कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ । माघ १२ गते जिल्लका विभिन्न जातजातिको मौलिकता झल्कने विविध साँस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते दुईदिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्रारा कला सृजना कार्यशाला आयोजना गरिने छ ।

माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्रारा सहिद स्मारकमा निर्माण भएको प्रजातान्त्रिक पार्कको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । माघ १४ गते नै विभिन्न २० वटा देशका राजदुतहरु समेत कार्यक्रममा सहभागी हुने स्मारक विकास समितिले जनाएको छ । माघ १५ गते गजल वाचन कार्यक्रम र माघ १६ गते मूल समारोह समितिद्रारा प्रभातफेरी तथा श्रद्धाञ्जली कार्यक्रम गरी सहिद सप्ताहको कार्यक्रम सम्पन्न गरिने छ । सहिद सप्ताहसँगसँगै ‘भिजिट नेपाल २०२०’ सफल पार्न विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिएको छ । मकवानपुरका पर्यटकीय क्षेत्रहरु सहिद स्मारकसँगै कुष्माण्ड सरोवर, मकवानपुरगढी, ईन्द्रसरोवर ताल, दामन भ्युटावर, चित्लाङ भेडा फार्म, भीमफेदी हात्तिसार, हेटौंडाको जुरेथुम, हर्नामाडी मूर्ति बगैचा, मनकामना मन्दिर, अशोक चैत्यलगायत जिल्लाका विभिन्न धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरुको समेत प्रचारप्रसार गरीने भएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28391251 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top