29 Jan 2020   |   
logo
खेलकुद / मनोरञ्जन

दुबै खेलमा एकेडेमी विजयी



खेलकुद / मनोरञ्जन   89 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः माधवराज सुमार्गी स्मृति टी—२० क्रिकेट प्रतियोगिअन्तर्गत आइतबार भएका दुबै खेलमा मकवानपुर क्रिकेट क्लबले जित हात पारेको छ । आइतबारको पहिलो खेलमा मकवानपुर क्रिकेट एकेडेमीले कलैया क्रिकेट क्लबलाई ३२ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको मकवानपुर क्रिकेट एकेडेमीले ९ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको कलैया क्रिकेट क्लबले ९ विकेटको क्षतिमा १ सय १६ रन मात्रै बनाउन सक्यो । म्यान अफ दि म्याच मकवानपुर क्रिकेट एकेडेमीका समिर चौलागाई घोषित भए । उनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए ।

दुबै खेलमा एकेडेमी विजयी


यस्तै आइतबार नै भएको दोस्रो खेलमा मकवानपुर क्रिकेट क्लबले मकवानपुर क्रिकेट एकेडेमीलाई ३० रनले पराजित गर्यो । पहिले व्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले दोस्रो खेलमा पनि १ सय ४८ रन नै बनायो । जवाफी व्याटिङमा उत्रिएको मकवानपुर क्रिकेट एकेडेमीले ८ विकेटको क्षतिमा १ सय १८ रन मात्रै बनाउन सक्यो । बलिङतर्फ ३ विकेट लिँदै व्याटिङतर्फ २५ रन जोडेका मकवानपुर क्रिकेट एकेडेमीका रामनरेश गिरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत आज सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा नेक्सस क्रिकेट एकेडेमी काठमाडौ र युनाइटेड क्रिकेट क्लब बीरगंज बीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेलमा महावीर क्रिकेट क्लब र कलैया क्रिकेट क्लबबीच खेल हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले जानकारी दिनुभयो । ८ वटा टिम सहभागी रहेको प्रतियोगीतामा प्रथम हुनेलाई नगद ४० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेले नगद रु २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता हेटौंडाको हुप्राचौरमा भैरहेको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077315 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top