29 Jan 2020   |   
logo
प्रदेश समाचार

बागमती प्रदेश सरकारका ७ निर्णय



प्रदेश समाचार   340 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः बागमती प्रदेशको मन्त्रि परिषद् बैठक आइतबार बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय गरेको छ । बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागि संघीय विशेष अनुदान सम्बन्धमा, आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय समपूरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिईने प्रदेश समपूरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।



यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्विकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । आईतबार मात्र प्रदेश सभाबाट बागमती प्रदेश र स्थायी राजधानी हेटौंडा पारित भएको थियो । स्थायी राजधानी हेटौंडा र बागमती प्रदेश नामाङ्करण भएपछि आइतबार नै मन्त्रि परिषदको बैठक बसेको हो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077268 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top