29 Jan 2020   |   
logo
समाज

बुद्धचित्तका माला र रुद्राक्षका मालासहित भारतीय नागरिक नियन्त्रणमा



समाज   258 पटक पढिएको   कलमपाटी     
मकवानपुर प्रहरीले हिजो दिउँसो मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी बजारबाट बुद्धचित्तका माला र रुद्राक्षका मालासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

बुद्धचित्तका माला र रुद्राक्षका मालासहित भारतीय नागरिक नियन्त्रणमा


 काठमाडौंबाट भारततर्फ जाँदै गरेको BR01PH 4940 नम्बरको भारतीय कारलाई रोकी सुरक्षाजाँच गर्दा उक्त कार भित्र बोरा र झोलामा लुकाई छिपाई ल्याएको बुद्ध चित्त माला १७७० थान र रुद्राक्षको माला १४४ थान फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले कारका चालक भारतको बिहार बस्ने बर्ष ३२ को मुन्ना यादव, उक्त कारमा सवार जिल्ला काभ्रे साविक तिमाल गा.बि.स. वडा नं. २ बस्ने बर्ष ४२ को जगत लामा तामाङ र जिल्ला काभ्रे साविक तिमाल गा.बि.स. वडा नं. ६ बस्ने बर्ष ४२ को सुर्यमान तामाङलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी वन कार्यालय तर्फ पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077276 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top