29 Jan 2020   |   
logo
राजनीति

भीमफेदी—कुलेखानी सुरुङमार्ग यसैवर्षः मुख्यमन्त्री पौडेल



राजनीति   6 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष २७ आइतवार  
हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ५ वर्षमा प्रदेशमा ठुलो परिवर्तन देखिने बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको ५३ औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सरकारको धेरै कार्यहरु परिणाम आउने क्रममा रहेको भन्दै जनताले ५ वर्षमा ठुलै परिवर्तन देख्ने बताउनुभयो । हालको प्रतिपक्षीहरु र पत्रकारहरुको आलोचना स्वभाविक भएको जीकिर गर्नुहुँदै उहाँले प्रदेश सरकारले यो वर्षमा नै भीमफेदी—कुलेखानी सुरुङमार्ग शिलान्यास गर्ने आश्वासन समेत दिनुभएको छ ।



उहाँले प्रदेशको राजधानीमा विवेकशील साझा पार्टीले हेटौंडालाई सर्वसम्मत राजधानी बनाउन विरोध गरेर विवेक गुमाएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका नेता ईन्द्रबहादुर बानियाँले दलीय व्यवस्थामा दलले लगाएको ह्वीप मानुपर्ने बाध्यता हुने स्पष्ट पार्नुभयो । नेकपा र नेपाली कांग्रेस दुबै दलको नेता हेटौंडाको भएकोले प्रदेश राजधानी हेटौंडा भएको बानियाँले दावी गर्नुभयो । सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सफल बनाउन निजी क्षेत्रको भूमिकालाई मुख्य मान्नुपर्ने भन्दै नेपाली कांगे्रस कमजोर नभएको र हालको व्यवस्थालाई पूर्णता दिन सरकारसँग साथ, समर्थन र सहकार्य गरिरहेको बताउनुभयो । केही नेताहरुले राजनीतिलाई पेशा मानेर भ्रष्टाचार गरिरहेको उल्लेख गर्नुहुँदै राजनीति पेशा नभई सेवा भएको बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्ष्तामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, कुमारी मोक्तान, प्रेम बहादुर पुलामी, जुनेली श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाली कांगे्रस मकवानपुरका उपसभापति बिष्णुप्रसाद लामिछाने लगायको उपस्थिति रहेको थियो । सभामा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोद सिंह रानाभाट र कोषाध्यक्ष अनिल अग्रवालले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077298 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top