28 Jan 2020   |   
logo
समाज

अपाङ्गता दिवसमा रयाली र सभा



समाज   50 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १८ बुधवार  
हेटौंडाः अपा·ता दिवसको अवसरमा राष्ट्रिय अपा·ता महासंघको आयोजनामा मंगलबार हेटौंडामा रयाली तथा कोण सभा भएको छ । दिगो विकासको लक्ष्य अपा·तामैत्री भविष्य भन्ने मूल नाराका साथ संगमचोकबाट सुरु भएको रयाली बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । रयालीमा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



सामाजिक विकास मन्त्रलायका सचिव गोकर्ण दुवाडिको सभाध्यक्षमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशलाई मानवीय प्रदेश बनाउन यस्ता कार्यक्रम गरिएको बताउनुभयो । राज्यबाट प्रदान गरिने सबै अधिकार नागरिकले पाउने मन्त्री दुलालले बताउनुभयो । कार्यक्रममा अपाङ्गताहरुको लागि तीन विधामा खेल खेलाइएको थियो । बौद्धिक आपाङ्गता भएकाहरुका लागि टिका टाँस खेलमा मेलिना श्रेष्ठ प्रथम, उर्मिला रुम्बा द्वितीय र बुद्ध वाईबा तृतीय भए । दृष्टिविहिनहरुका लागि निबन्ध प्रतियोगिता भएको थियो । प्रतियोगितामा जुना पाख्रिन प्रथम, धन बहादुर दोङ द्वितीय र बिशाल बस्नेत तृतीय भए । सुन्न नसक्नेहरुका लागि चित्रकला प्रतियोगिता भएको थियो । चित्रकला प्रतियोगितामा एलिना रमौली प्रथम, समीर स्याङ्बो द्वितीय, बिपना माया स्याङ्तान तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा आपाङ्गता भएर पनि व्यवसाय गरेर आत्मनिर्भर भएका सरिता थापा, इन्द्रबहादुर बस्नेत, सुदर्शन ढकाललाई नगदसहित सम्मान गरिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987598 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top