10 Dec 2019   |   
logo
स्वास्थ्य

हटियामा स्वास्थ्य चौकी सञ्चालनमा



स्वास्थ्य   157 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २८ बिहिवार  
हेटौंडाः हेटौंडा–१६, हटियामा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । बुधबार बिहान हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको हो । यससँगै हेटौंडा उपमहानगरका १९ वटा वडामध्ये १३ वटा वडामा हेटौंडा उपमहानगरले स्वास्थ्य सेवा केन्द्र स्थापना भएको छ । १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षता तथा मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

हटियामा स्वास्थ्य चौकी सञ्चालनमा


 हटियामा स्वास्थ्य चौकी उद्घाटन गर्नुहुँदै मेयर महत ।

कार्यक्रममा मेयर महतले वडामा स्वास्थ्य चौकी नभएकोले उपमहानगरपालिकाले स्वास्थ्य सम्बन्धी नीतिगत अवधारणा अनुसार स्वास्थ्य चौकीको निर्माण गरिएको बताउनुभयो । उहाँले सहि तरिकाले सेवा प्रवाह गर्न स्वास्थ्य चौकीका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । नवपशुपति क्लबको भवनमा सेवा सुरु गरिएको स्वास्थ्य चौकीको छिट्टै रोटरी क्लब अफ हेटौंडा र उपमहानगरपालिकाको सहकार्यमा स्वास्थ्य चौकी भवन बनाउने पनि मेयर महतले घोषणा गर्नुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका उपाध्यक्ष रामप्रसाद शर्मा, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला चौलागाई लगायत स्थानीयको उपस्थिति रहेको थियो । उद्घाटन भएको हटिया स्वास्थ्य चौकीबाट नियमित निशुल्क सेवाहरु गर्भ जाँच, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग तथा कुष्ठरोग सेवा र सामान्य विरामी जाँच तथा औषधी वितरण कार्यहरु सुरु गरिएको छ । हेटौंडा उपमहानगरका १, ४, ५, १० र १२ नम्बर वडामा मात्रै स्वास्थ्य संस्था स्थापना हुन बाँकी छ । उपमहानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालनकै लागि १ र १२ नम्बर वडामा भवन निर्माण गरिरहेको छ । हेटौंडा–१७ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मी रहने व्यवस्था समेत गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले ६ वटा स्वास्थ्यचौकी, ६ वटा सहरी स्वास्थ्य केन्द्र र २ वटा आयुर्वेद औषधालय सञ्चालन गर्दै आएको छ ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119834 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top