10 Dec 2019   |   
logo
राजनीति

कालापानी नेपालकै होः देउवा



राजनीति   65 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २७ बुधवार  
हेटौंडाः कालापानी नेपालकै भूमि भएको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । ३ नम्बर प्रदेशको ६ जिल्लाका कांग्रेस महाधिवेशन प्रतिनिधिहरको प्रशिक्षण कार्यक्रमको हेटौंडामा उद्घाटन गर्नुहुँदै सभापति देउवाले राजा महेन्द्रले भारतलाई कालापानी दिएको भन्ने सुनिएतापनि थाहा नभएको जीकिर गर्नुभयो । यता लिपुलेक ट्राइ–जक्सन भएकाले भारत र चीनबीचमात्रै सम्झौता हुनु र नेपाल त्यसमा छुट्नुमा देउवाले आपत्ति जनाउनुभएको हो ।



नेपालको सीमा मिचिएको भूमि भनेर सडकमा दंगा भाषण गरेर मात्र नहुने भन्नुहुँदै सभापति देउवाले वार्ताको माध्यमबाट मात्र समाधान हुने बताउनुभयो । यता देउवाले अब हुने उपचुनावमा नेपाली कांग्रेसले जित्नैपर्ने दावी गर्नुभयो । उहाँले महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रममा सहभागी सम्पूर्णलाई अन्य भाषण, अरु गतिविधि भैरहन्छ तर अहिले चुनावचाहिँ कसरी जित्ने भनेर प्रश्न गर्नुभयो । यसपटकको चुनाव जसरी भएपनि जित्नैपर्ने भन्दै सम्पूर्ण कार्यकर्ताहरुलाई लागी पर्न आग्रह गर्नुभयो ।

नेता देउवाले देश अहिले संकट रहेको बताउँदै प्रजातन्त्र कम्युनिष्टहरु सरकारको कारण धरापमा परेको जानकारी गराउनुभयो । अहिलेको सरकार दुईतिहाइ भएको दम्भ देखाउँदै देशको अख्तियार, न्याय परिषद् तथा सम्पूर्ण संवैधानिक निकायहरुलाई तर्साएर एकलौटि गर्न खोजिएको आरोप लगाउनुभयो । कम्युनिष्टहरुले एकलौटि शक्तिहरु केन्द्रित गर्न खाजेको भन्दै देशमा रहेको सेना, प्रहरीलाई समेत आफु मातहतमा ल्याई राजनीतिकरण गर्न खाजेको बताउनुभयो । देश र जनताका लागि यदि कदापी केपि ओली त्यस्तो गरेमा सडक संघर्ष गरेर भएपनि देश र प्रजातन्त्रको रक्षा गर्ने सभापति देउवाले प्रतिवद्धता गर्नुभयो । यता अहिलेको सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले ल्याउने भनेको रेल ऋणमा सञ्चालन गर्न नदिने बताउनुभयो । भावी पुस्तालाई ऋणको भारी बोकाउन नहुने भन्दै सडक नपुगेको ठाउँमा सडक बनाइदिन आग्रह गर्नुभयो । देउवाले नेपाली कांग्रेस सुदृढीकरण हुँदै पार्टीमा एकता हुनुपर्नेमा जोड दिनुभयो ।

पैसाको राजनीतिले देश कमजोर

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गुण्डागर्दी र पैसाको राजनीतिले देशलाई कमजोर बनाउने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेता पौडेलले अहिलेको सरकारले गुण्डागर्दी र पैसाको राजनीति गरेको भन्दै देशले लिएको समृद्धिको यात्रा बीचमै तुहिने बताउनुभयो । अहिलेको कम्युनिष्ट सरकारले पहिले नेपाली कांग्रेसलाई पु“जीपति भनेर भन्ने गरेतापनि अहिले नेपालमा पु“जी लगानी गर्न हार गुहार गरेतापनि दुई चार पैसा देशमा भित्रयाउन नसकेको जानकारी गराउनुभयो ।

देशलाई समृद्धिको आधारतर्फ उन्मुख गर्ने कुनै कार्ययोजना तथा कार्यक्रम नै नभएको भन्दै नेता पौडेलले प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसको विचार, दिशा र कार्यक्रम स्पष्ट भएको बताउनुभयो । सरकारले लिएको राष्ट्रवादको नारा खोक्रो रहेको बताउँदै अहिलेको सरकारले माखो पनि नमारेको बताउनुभयो । नेपाली कांग्रेसले सुरु गरेको योजनाहरुमा कम्युनिष्ट सरकारले नाम परिवर्तन गर्दै आयोजनामा उद्घाटन गर्न पुग्ने गरेको भन्दै विकास निर्माण का नयाँ कामहरु गर्न नसकेकोमा उहाँले आपत्ति राख्नुभयो । अहिले देशमा भ्रष्टाचारको चरम सीमा नाघेको छ । अहिलेको मुख्य समस्या भ्रष्टाचारलाई नेपाली कांग्रेसले जनताको माझमा ल्याउन कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले हतियारको नभई विचारको राजनीति गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई व्यक्तिको पछि भन्दा पनि पार्टीको पछि लाग्नुपर्ने बताउनुभयो ।

यता दुईतिहाईको सरकारले जनतालाई बाँडेको सपना पुरा गर्न नसकेको प्रा।डा। शशांक कोइरालाले बताउनुभयो । नेपाली कांग्रेसको पालामा देशमा मेडिकल कलेज, विद्यालय, स्वास्थ चौकि, सडक, बाटो वृहत मात्रामा बनेको भन्दै अहिलेको सरकारस“ग दीगो भिजन नभएको बताउनुभयो । हरेक संस्थामा हस्तक्षेप गर्दै एकलौटि गर्न खोज्नु, प्रेसलाई नियन्त्रण गर्न लाग्नेहरु सच्चा कम्यूनिष्ट हुन नसक्ने भन्नुभयो । उहाँले प्रशिक्षण कार्यक्रममा अबको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित्नैपर्ने बाध्यता रहेको जानकारी गराउँदै कांग्रेसको परीक्षा पनि रहेको भन्नुभयो । यता कांग्रेस नेता डा। रामशरण महतले देश समाजवादतर्फ नभई अधिनायकवादतर्फ जाँदै गरेको बताउनुभयो । लोकतान्त्रिक समाजवादमा जनताको अधिकार खोस्दै मानव अधिकारलगायत अन्य क्षेत्रहरुमा आफ्नो प्रभुत्व जमाउन खोजेको बताउनुभयो ।

नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा उपसभापति विमलेन्द्र निधि, केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, लगायतले आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19120457 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top