10 Dec 2019   |   
logo
समाज

लागुऔषधसहित एकजना पक्राउ



समाज   70 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २७ बुधवार  
हेटौंडाः लागूऔषधसहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ४ बजेर ४५ मिनेटको समयमा हेटौंडा–१० बसपार्कक्षेत्रबाट हेटौंडा–१३, पदमपोखरीका २९ वर्षीय दिपक सिंह मोक्तानलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।



 शंकास्पद अवस्थामा हिँडिरहेका बेला प्रहरीले मोक्तानलाई सुरक्षाजाँच गर्ने क्रममा ट्रमा नामक प्रतिबन्धित लागूऔषध १५ हजार ६ सय ट्याब्लेटसहित पक्राउ गरेको हो । लागूऔषध २ लाख रुपैयाँ मूल्य बराबरको भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मोक्तानलाई आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग विरगन्ज पठाएको प्रहरीले जानकारी दिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119879 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top