10 Dec 2019   |   
logo
स्वास्थ्य

हेटौंडा अस्पतालमा जेरियाट्रिक वार्ड



स्वास्थ्य   239 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २६ मंगलवार  
हेटौंडाः ३ नम्बर प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पतालले जेरियाट्रिक वार्ड सञ्चालनमा ल्याउने भएको छ । चालु वर्षमा वार्ड सञ्चालन ल्याउनका लागि तयारी सुरु गर्न लागिएको अस्पतालले जनाएको छ । चालुवर्षमा जेरियाटिक वार्ड सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको छ ।



 हेटौंडा अस्पतालका प्रमुख डा। प्रवीण श्रेष्ठले जेरियाट्रिक वार्ड सञ्चालन गर्न तयारी भइरहेको जानकारी दिनुभयो । चालु वर्षमा हेटौंडा अस्पतालमा ७० वर्षभन्दा माथिका सेवाग्राहीहरूलाई भर्ना गर्ने छुट्टै वार्ड अर्थात जेरियाट्रिक वार्ड सञ्चालनमा ल्याउन उपयुक्त स्थानको छनोट भइरहेको छ । यता हेटौंडा अस्पतालले सिटि स्क्यान र आसियुको राख्ने तयारी पनि गरिरहेको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19119901 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top