16 Nov 2019   |   
logo
स्थानीय तह

प्रदेश प्रमुख प्रसाइँद्वारा पदभार ग्रहण



स्थानीय तह   86 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २१ बिहिवार  
हेटौंडाः प्रदेश नम्बर ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाइँले बुधबार पदभार ग्रहण गर्नुभएको छ । नेपाल सरकारबाट प्रदेश प्रमुखमा नियुक्त हुनु भएका प्रसाइँलाई बुधबार प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, स्थानीय तहका जनप्रतिनिधिले प्रदेश प्रमुखको कार्यालय परिसरमा स्वागत गरेका थिए ।

प्रदेश प्रमुख प्रसाइँद्वारा पदभार ग्रहण


प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहित प्रदेश तीनका सांसद, जनप्रतिनिधिहरू, कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए । पदभार ग्रहण गर्नुहुँदै उहाँले अब सबैको सल्लाह र सुझावमा प्रदेशको कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले अगाडि बढाइरहेको सुखी नेपाली, समृद्ध नेपालको नारालाई साथ दिने बताउनुभयो । संविधानलाई आत्मसाथ गर्दै प्रदेश सरकारलाई आफूले पाएको जिम्मेवारीबाट सहयोग गर्ने प्रसाइँले बताउनुभयो । सोमबार संघीय सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदेश प्रमुखमा प्रसाइँसहित सातै प्रदेश प्रमुखको नाम सिफारिस गरिएको थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखको सपथग्रहण गर्नुभएका प्रसाईंले बुधबार दिउँसो प्रदेश प्रमुखको कार्यालय हेटौँडामा पदभार ग्रहण गर्नुभएको हो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213216 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top