29 Jan 2020   |   
logo
खेलकुद / मनोरञ्जन

दोस्रो खेलमा हेटौंडा पराजित



खेलकुद / मनोरञ्जन   29 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष २२ मंगलवार  
हेटौंडाः ललितपुरमा जारी ३ नं. प्रदेशस्तरीय नगरपालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा हेटौंडाको महिला भलिबल टिम दोस्रो खेलमा पराजित भएको छ ।



 सोमबार भएको दोस्रो खेलमा हेटौंडाको टिम गोकर्णेश्वर नगरपालिकासँग पराजित भएको हो । गोकर्णेश्वरसँग २५–१६, २५–११ र २५–२२ को सोझो सेटमा हेटौंडा पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा आज मंगलबार विदुर नगरपालिकासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा जीत हात पारे हेटौंडाले सेमीफाइनल प्रवेश गर्नेछ । प्रशिक्षक सन्तोष श्रेष्ठले हेटौंडामा तीनसाता तालिम लिएका खेलाडीलाई समेटेर हेटौंडाको टिम तयार पारेको बताउनुभएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25078179 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top