29 Jan 2020   |   
logo
खेलकुद / मनोरञ्जन

मकवानपुरलाई २३ पदक



खेलकुद / मनोरञ्जन   63 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै नवलपुर जिल्लामा आयोजना भएको लुम्बिनी अन्तराष्ट्रिय तोक्वादोमा मकवानपुरे खेलाडिले बिभिन्न तौल समुहमा २३ पदक हात पारेका छन् । राष्ट्रिय तेक्बान्दो संघ नेपाल मकवानपुरको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि बनेका खेलाडिले ९ स्वर्ण, ८ रजत र ६ वटा कास्य पदक हात पारेका हुन् ।

मकवानपुरलाई २३ पदक


पुरुष तर्फ प्रतियोगितामा सहभागि सब जुनीयरमा कुशल साखी, १६ देखि ४५ केजी तौल समुहमा रिमेश अधिकारी, १७ देखि ६० केजि तौल समुहमा सुरज स्याङ्बो, १९ देखि ६४ केजी तौल समुहमा रमेश बस्नेत र सिनियर ७ं० केजी तौल समुहमा रामलाल गोलेले स्वर्ण हात पारेका हुन् ।  

महिला तौल समुह अन्र्तरगत भएको खेलमा सवजुनीयर २२ केजी तौल समुहमा अजिता लामा, क्याडेट २५ केजी समुहमा सजिना बिक, जुनियर  ५५ केजी समुहमा बिविका थापा मगर र जुनियर ५९ केजी समुहमा सन्जु ढुङ्गानाले स्वर्ण पदक जितेको राष्ट्रिय तेक्बान्दो संघ नेपाल मकवानपुरका अध्यक्ष मदनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागि पुरुष तर्फ क्याडेटमा मुकुन्द तिमिल्सीना, ४७ केजी समुहमा बिश्वराज खड्का, जुनियर ४० केजी समुहमा तेजकुमारी चेपाङ, ४५ केजी समुहमा सन्देश मुक्तान, जुनियर पुम्सेतर्फ सुरज स्याङबो, आदित्य पराजुली, महिला तर्फ सिनियर ५२ केजी समुहमा अमृता स्याङतान, ५४ केजीमा प्रजिता थोकर, जुनियर ४६ केजीमा मुनाल चेपाङले रजत पदक हात पारेका छन् ।

प्रतियोगितामा सहभागि सब जुनियर २२ केजी समुहमा रुपेश घलान, क्याडेट २५ केजी सुविक्षा घलान, क्याडेट ४३ केजीमा अभिशेक बानियाँ, जुनियर ४५ केजीमा प्रदिप पराजुली र जुनियर ५८ केजीमा सन्तोष बस्नेतले कास्य पदक हात पारेको संघले जनाएको छ । जिल्लाका प्रतिनिधित्व गर्दै ३१ जना खेलाडि सहभागि भएको प्रतियोगिता पुषको १४ र १५ गते भएको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077275 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top