29 Jan 2020   |   
logo
खेलकुद / मनोरञ्जन

२ नम्बर वडालाई वीपी कपको उपाधी



खेलकुद / मनोरञ्जन   21 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष १७ बिहिवार  
हेटौंडाः नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा भएको बीपी कप फुटबल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई पराजित गर्दैै २ नम्बर वडाले उपाधी जितेको हो । उपाधीसँगै २ नम्बर वडाले एक केजी चाँदीको ट्रफीसहित ५० हजार नगद प्राप्त गरेको छ । खेलमा सुरुवाती गोल गरे पनि ३ नम्बर वडाले जीत हासिल गर्न नसक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो । उपविजेता ३ नम्बर वडाले २५ हजार नगदसहित शिल्ड प्राप्त गरेको छ । उपाधीसाथ २ नम्बर वडाका खेलाडीहरु ।

२ नम्बर वडालाई वीपी कपको उपाधी


निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि १–१ को बराबरी भएसँगै खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा २ नम्बर वडाका लागि सुजन खड्गीले विजयी गोल गरे । ३ नम्बर वडाका लागि पहिलो हाफमा बादल थिङले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा २ नम्बर वडाका लागि कप्तान अनिल थापाले बराबरी गोल गरे । निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा २ नम्बर वडाका गणेश राई र ३ नम्बर वडाका बादल थिङले मात्रै गोल गर्न सफल भए । टाइव्रकरमा पनि नतीजा ननिस्किएपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा सुजन खड्गीले २ नम्बर वडाका लागि विजयी गोल गरे ।

प्रतियोगितामा २ नम्बर वडाका सफल तिमल्सिना उत्कृष्ट गोलरक्षक, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, लक्षमण विडारी उदियमान खेलाडी घोषित हुँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी २ नम्बर वडाका क्याप्टेन अनिल थापा घोषित भए । विधागत उत्कृष्ट हुनेले नगद २ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलको म्यान अफ द म्याच ३ नम्बर वडाका गोलरक्षक गोपी बर्तौला घोषित भए ।

लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी टिमलाई नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गर्नुभएको थियो । लोकतान्त्रिक संघले स्थानीय तह, जिल्ला हुँदै केन्द्रसम्म खेलाडीलाई सवल बनाउँदै पुर्याउन सहयोग गर्ने बानियाँले बताउनुभयो । पुस १० गतेबाट सुरुभएको प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहेको थियो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077321 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top