18 Nov 2019   |   
logo
खेलकुद / मनोरञ्जन

यू–१९ राष्ट्रिय बक्सिङ पहिलो सहभागितामै निश्चललाई स्वर्ण



खेलकुद / मनोरञ्जन   100 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २१ बिहिवार  
हेटौंडाः मकवानपुरका निश्चल विष्टले राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । ललितपुरमा आज सम्पन्न यू–१९ पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा मकवानपुरका विष्टले ७५ केजी तौलसमूहमा काठमाडौं नक्सालका सम्पन्न तण्डुकारलाई ५–० अंकका आधारमा पराजित गरेको हो । पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका निश्चलले सहजै स्वर्ण पदक जित्न सफल भएको प्रशिक्षक सुशील घिमिरेले जानकारी दिनुभयो ।

यू–१९ राष्ट्रिय बक्सिङ पहिलो सहभागितामै निश्चललाई स्वर्ण


रोजगारीको क्रममा १० वर्ष विदेशमा रहनुभएका अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता घिमिरेले स्वदेश फर्केसँगै बक्सिङ खेलको विकासमा सक्रिय हुने भन्दै खेलाडी तयार पार्नुभएको हो । पिप्ले युवा क्लबका अध्यक्ष समेत रहनुभएका घिमिरेले तिहारमा जिल्लास्तरीय बक्सिङ प्रतियोगिताको समेत आयोजना गर्नुभएको थियो । पहिलो पटक खेलाडी सहभागी गराएर स्वर्ण पदक जित्न सफल हुनु खुसीको कुरा भएको उल्लेख गर्नुहुँदै प्रशिक्षक घिमिरेले अब थप खेलाडी तयार पार्ने बताउनुभयो । अहिले प्रतियोगितामा सहभागी भएका खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गर्दै आगामी दिनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराउने उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै स्वर्ण पदकसम्मको यात्राको पहिलो खेलमा निश्चलले काठमाडौं बोसीगाउ“का साया महर्जनलाई पराजित गरेका थिए । दोस्रो खेलमा काठमाडौं थानकोटका रोशन श्रेष्ठविरुद्ध जीत दर्ता गर्दैै सेमीफाइनल चरणमा प्रवेश गरेका निश्चलले काठमाडौंकै मेघदूत क्लबका यमन महर्जनलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । मकवानपुरबाट सहभागी ४ जना खेलाडीमध्ये विष्टले स्वर्ण पदक जित्दा ५२ केजी तौलसमूहमा अनन्त ओझाले कास्य पदक जिते । मकवानपुरले कुल दुई पदक जित्न सफल भयो । सेमीफाइनल खेलमा मकवानपुरका अनन्त ओझा दमकका रोशन मल्लिकस“ग पराजित भएका हुन् ।

४९ केजी तौलसमूहमा मकवानपुरका जवीनजंग पाख्रिन प्रिक्वार्टर फाइनल चरण र र ६० केजी तौलसमूहमा सुजन थिङ क्वाटरफाइनल चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल बक्सिङ संघको तत्वाबधानमा ललितपुर जिल्ला बक्सिङ संघले आयोजना गरेको प्रतियोगिता ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको थियो ।  मकवानपुरका प्रशिक्षक सुशील घिमिरेले तीन साताको प्रशिक्षणपछि ४ जना खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनु भएको हो । मकवानपुरको टिम व्यवस्थापकमा भुपेन्द्र विष्ट रहनुभएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17387244 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top