16 Nov 2019   |   
logo
खेलकुद / मनोरञ्जन

राष्ट्रिय बक्सिङमा अनन्तको विजयी सुरुवात



खेलकुद / मनोरञ्जन   81 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक १७ आइतवार  
हेटौंडाः ललितपुर बक्सिङ संघको आयोजनामा शनिबारबाट सुरु यु–१९ पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा मकवानपुरका अनन्त ओझाले विजयी सुरुवात गरेको छ । पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका ओझाले ५२ केजी तौल समूहमा कैलालीका प्रदीप चन्दलाई पराजित गरेको हो । ओझाले चन्दलाई ५–० अंकले पराजित गर्दै क्वार्टरफाइनल चरणमा प्रवेश गरेका छन् ।

राष्ट्रिय बक्सिङमा अनन्तको विजयी सुरुवात


पहिलो खेलमा विजयी अनन्त ओझा प्रशिक्षक सुशील घिमिरेको साथमा ।

यस्तै यसअघि राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित जवीनजंग पाख्रिन भने झापाका धमेन्द्र राईसँग २–३ अंकले पराजित हुन पुगे । पाख्रिन ४९ केजी तौलसमूहमा सहभागी थिए । विजयी ओझाले क्वार्टरफाइनल चरणमा सोमबार खेल्नेछन् । मकवानपुरबाट सहभागी ४ जना मध्ये दुईजनाले आज आइतबार प्रतिस्पर्धा गर्नेछ । ६० केजी तौलसमूहमा मकवानपुरका सुजन थिङले आज काठमाडौं टीकाथलीका अनुज कार्कीसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक सुशील घिमिरेले जानकारी दिनुभयो । यस्तै ७५ केजी तौलसमूहमा मकवानपुरका निश्चल विष्टले काठमाडौं बोसिगाउँका साया महर्जनसँग प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल बक्सिङ संघको तत्वाबधानमा ललितपुर जिल्ला बक्सिङ संघले आयोजना गरेको प्रतियोगिता ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा २३ जिल्लाका खेलाडी सहभागी छन्।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213279 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top