18 Nov 2019   |   
logo
खेलकुद / मनोरञ्जन

कृष्ण र सुप्रिया उत्कृष्ट बक्सर



खेलकुद / मनोरञ्जन   79 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक १५ शुक्रवार  
हेटौंडाः जिल्लास्तरीय बक्सिङ प्रतियोगितामा पुरुषतर्फ कृष्ण भोम्जन र महिलातर्फ सुप्रिया थिङ उत्कृष्ट बक्सर घोषित भएका छन् । पिप्ले युवा क्लबको आयोजना तथा बक्सिङ क्लब हेटौंडाको व्यवस्थापनमा गत शनिबार हेटौंडा–५, पिप्लेमा जिल्लास्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता भएको हो ।

कृष्ण र सुप्रिया उत्कृष्ट बक्सर


प्रतियोगितामा पुरुषतर्फ २० केजि तौलमा विकल्प गौतम, २५ केजी तौलमा सुदिन चौलागाई, ३० केजी तौलमा सिलेन चौलागाई, ३५ केजी तौलमा झलक स्याङ्तान प्रथम भए । यता ४० केजी तौलमा भने स्वीकार कुँवर, ४९ केजी तौलमा विक्रम राई, ५२ केजी तौलमा महेन्द्र राई, ६० केजी तौलमा सिताराम काफ्ले, ६४ केजी तौलमा कृष्ण भोम्जन, ६९ केजी तौलमा बुद्ध लामा प्रथम भए । यस्तै महिलातर्फ ४९ केजी तौलमा सुप्रिया थिङ, ५२ केजी तौलमा सुस्मिता श्रेष्ठ प्रथम भए ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17385340 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top