16 Nov 2019   |   
logo
खेलकुद / मनोरञ्जन

राष्ट्रिय युवा बक्सिङ प्रतियोगितामा मकवानपुरका ४ खेलाडी सहभागी हुँदै



खेलकुद / मनोरञ्जन   70 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक १५ शुक्रवार  
हेटौंडाः ललितपुरमा हुने राष्ट्रिय युवा बक्सिङ प्रतियोगितामा मकवानपुरका ४ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । यसअघि राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका ४९ केजी तौलसमूहका जवीनजंग पाख्रिनसहित ५२ केजी तौलसमूहमा अनन्त ओझा, ६० केजी तौलसमूहमा सुजन थिङ र ७५ केजी तौल समूहमा निश्चल विष्ट सहभागी हुँदैछन् ।

राष्ट्रिय युवा बक्सिङ प्रतियोगितामा मकवानपुरका ४ खेलाडी सहभागी हुँदै


प्रतियोगितामा सहभागी हुने मकवानपुरका ४ खेलाडी ।

सुजन र निश्चल पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको प्रशिक्षक सुशील घिमिरेले जानकारी दिनुभयो ।  शुक्रबार बिहान मकवानपुर जिल्ला बक्सिङ संघले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई विदाई गरेको छ । विदाई कार्यक्रममा मकवानपुर बक्सिङ संघका अध्यक्ष दिपेश जोशी, राष्ट्रिय खेलकुद परिषद्का खेलकूद विभागका निर्देशक महेन्द्र कुमार राईको उपस्थिति रहेको थियो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213868 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top